Comments Add Comment

चन्दा र ऋण काढेर सडक निर्माण

फाइल फोटो
फाइल फोटो

२७ वैशाख, इलाम । विकास निर्माण गर्दा होस् वा जुनसुकै कार्यका लागि सरकारी मुख ताक्ने प्रवृत्ति हाम्रो समाजमा व्याप्त छ । सधैँभरि विकास निर्माणमा सरकारी मुख ताक्नुपर्ने प्रथाको अन्त्य गर्दै जिल्लाको पश्चिमी जीतपुर गाविसका बासिन्दाले ऋण काढेर सडक निर्माण गरी उदाहरण प्रस्तुत गरेका छन् ।

गाउँमा बस चलाउन जीतपुरवासीले प्रत्येक घरबाट चन्दा उठाएर सडक निर्माण गरेका छन् । ८४ लाख रूपैयाँको लागतमा जीतपुर नवमीदेखि लिङ्दिन हुँदै फुलुङ्गी दोभानसम्मको करिब १३ किलोमिटर सडक स्थानीयले चन्दा सङ्कलन र ऋण काढेर निर्माण गरेका हुन् ।

सडक बनाउन आधा जति रकम चन्दाबाट सङ्कलन गरेका छन् भने आधा जति ऋण लिएको सडक निर्माण तथा उपभोक्ता समिति अध्यक्ष गङ्गाप्रसाद प्याकुरेलले बताए ।

“सबैले आआफ्नो क्षमताअनुसार पाँच हजारदेखि एक लाख आठ हजार रूपैयाँसम्म चन्दा दिए” अध्यक्ष प्याकुरेलले भने “चन्दाबाट मात्रै ३२ लाख रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।” सडक खन्न पैसा दिनेलाई किरात धर्मगुरु आत्मानन्द लिङ्देनले ताम्रपत्रसहित आशीर्वाद दिने भएपछि जिल्ला बाहिरबाट समेत बाटो निर्माणका लागि चन्दा सङ्कलन भएको छ ।

सडक बनाउन जीतपुरका श्याम खजुमले  एक लाख आठ हजार चन्दा दिएका छन् । झापाका दीपक मगरले ९० हजार बराबरको इन्धन उपलब्ध गराएका छन् । नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोविन्द गिरी, समिति अध्यक्ष प्याकुरेलले ५०÷५० हजार रूपैयाँ बाटोमा चन्दा दिएका छन् ।

सामुदायिक वन उपभोक्ता समूह, किरात धर्मगुरू आत्मानन्द लिङ्देनले पनि सडकका लागि चन्दा दिएका छन् । इलाम पाँचथर, ताप्लेजुङ र धरानका मानिसले पनि चन्दा दिएका छन् । सडक निर्माणका लागि अपुग रकम स्थानीयसँग सापटी लिएको निर्माण समितिले जनाएको छ ।

सडक निर्माणका लागि सबैभन्दा बढी धर्मगुरुबाट ३१ लाख रूपैयाँ सापटी लिएको र अपुग रकम अन्यबाट लिइएको छ । पहिले सात फुट चौडाइको सडक थियो । त्यसलाई तीन गुणाभन्दा बढी बढाएर २४ फुटको बनाइएको छ । १३ किलोमिटर सडकमा तीन किलोमिटर नयाँ ट्रयाक बनाइएको छ ।

२०७० चैत २८ गतेदेखि निर्माण थालिएको बाटो २०७२ चैत २३ गतेसम्म निर्माण गरिएको थियो । चन्दा र ऋण काढेर डोजरको सहायताले सडक बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment