Comments Add Comment

वैद्य माओवादीको फुट केही दिनलाई टर्‍यो

baidhya and badal२८ वैशाख, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको फुट केही दिनलाई टरेको छ ।

एमाओवादीसँग पार्टी एकताबारे बहुमतले निर्णय गर्ने भन्दै रामबहादुर थापा समूहले आज मंगलबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

तर, अध्यक्ष बैद्यले नै जेठ २ गते बैठक बोलाएको र वार्ता भइरहेको भन्दै केन्द्रीय समिति बैठक स्थगित गरेर अनौपचारिक भेलामा परिणत भएको छ ।

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा बसेको अनौपचारिक बैठकमा बादलले अहिलेसम्म भएका छलफल र प्रगतिबारे ब्रिफि ङ गरेका छन् ।

पार्टी प्रवक्ता पम्फा भुषालले अध्यक्ष वैद्य पक्षधर सदस्यहरुको अनुपस्थितिमा बैठक बसेर पार्टी एकताको निर्णय गर्दा नराम्रो सन्देश जाने ठहर गरेर बैठक स्थगित गरेको बताइन् । पार्टीका वहुमत सदस्य एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको भन्दै उनले वैद्यलाई पनि एकताका लागि मनाउन अन्तिम प्रयास गर्ने बताइन् ।

स्रोतका अनुसार बादलले बैद्यसँग छलफल गर्नेछन् । यदि बैद्य सहमत भए उनी सहमति एकतामा जाने नभए पार्टी एकता प्रक्रिया अघि बढाउने एक नेताले बताए ।

एमाओवादीसँग एकताबारे छलफल गर्न बसेको बैठक चैत २७ गते अध्यक्ष बैद्यले एक महिनाका लागि स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment