Comments Add Comment

मृत्युदण्डको सजायँ सुनाएपछि न्यायाधीशले किन कलमको टुप्पो तोडिदिन्छन् ?

pen1फिल्ममा तपाइँले यस्ता कैयन् दृश्यहरु देख्नुभएको छ होला जसमा न्यायाधीशले कुनै अपराधीलाई मृत्युदण्डको सजाय सुनाइसकेपछि आफ्नो कलमको निब तोड्दछ । यो वास्तविक हो । तर आखिर यसको पछाडिको कारण के छ त ?

तपाइँलाई थाहा नहुन सक्छ । मृत्युदण्डकोे फैसला लेखेको कागजमा सही गरिसकेपछि न्यायाधीशले सोही कागजमा दबाएर कलमको टुप्पो फोड्नुको खास कारण रहेछ ।

वास्तवमा यसको सांकेतिक सन्देश रहेछ । कसैको ज्यानै लिने फैसला गर्नु न्यायाधीशकोे लागि पनि सजिलो कुरा होइन । अबदेखि यस्ता खालका जघन्य अपराध नहोउन् र मृत्युदण्डको फैसला गर्नु नपरोस् भन्ने सन्देश दिनका लागि न्यायाधीशले मृत्युदण्डको फैसलामा दस्तखत गरेको कलमको टुप्पो भाँच्दोरहेछन् ।

यसरी कुनै व्यक्तिको जिवन समाप्त गर्ने फैसला लेख्ने कलमको प्रयोग फेरि नहोस् वा मानिस सँगै कलमको पनि अन्त्य होस् भन्नका लागि पनि यसो गरिँदो रहेछ ।

यसो पनि भन्ने गरिन्छ की शायद फैसलाबाट आफुलाई अलगत राख्न वा फैसलालाई लिएर गर्ने प्रायश्चित वा अपराधबोधका कारण पनि न्यायाधीशले कलमको टुप्पो भाँचिदिन्छन् ।

एक पटक फैसला लेखिसकेपछि यदि कलमको निब भाँचिदिएसँगै स्वयं न्यायाधीशलाई पनि यो अधिकार हुँदैन की उसले उक्त फैसलाको पुनर्विचार गर्न सकोस् वा समीक्षा गर्न सकोस् ।

त्यसैले फैसला लेखिसकेपछि त्यसलाई फेर्न नसकियोस् र त्यो न्यायाधीशको अन्तिम फैसला होस् भन्नका लगि पनि फैसला गर्ने न्यायाधीशले फैसलामा हस्ताक्षर गरेसँगै कलमको टुप्पो भाँच्ने चलन रहेको बताइन्छ ।

खैर, जे होस् । हाम्रो देशमा धन्न मृत्युदण्डको कानून नै नभएकाले न्यायाधीशहरुले कलम भाँचिरहनु परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment