मेक्सिकोको मेक्सिको सिटीमा एक महिला पुलिसले प्रहरी पोशाकमै टपलेस सेल्फी खिचिन् । पुलिसको गाडिभित्रै बसेर उनले आफ्नो टपलेस सेल्फी खिचेकी रहेछिन् । उक्त सेल्फी सार्वजनिक भएसँगै त्यसले त्यहाँ हंगामा मच्चाएको छ ।
दुइ सन्तानकी आमा समेत रहेकी निदिया गार्सियाले टपलेस सेल्फीकै कारण आफ्नो जागिर गुमाउनु परेको छ । पुलिस प्रशासनले उनलाई जागिरबाट निकालेपछि उनले स्थानीय नग्न नाच देखाउने क्लबहरुमा जागिर सुरु गरेकी छिन् ।
टपलेस सेल्फीले उनको व्यवसायिक जिवन मात्र होइन पारिवारिक जिवन पनि भताभुंग बन्दैछ । उनका पतिले उनीसँग सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेका छन् । पुलिस सेवामा काम गर्ने उनका पतिसँग उनको बोलचाल बन्द भैसकेको छ ।
वास्तवमा आफ्नो ड्युटीकै दौरान उनले एक वर्ष पहिले पुलिस कारभित्रै उक्त टपलेस सेल्फी खिचेकी हुन् । वास्तवमा त्यो एक फन्नी खेलको भाग थियो जो उनले गस्तीमा रहेको आफ्नो साथीसँग खेलिरहेकी थिइन् ऊबेला । त्यसबेला सँगै गस्तीमा रहेको उनको सहपाठी आफ्नो भाइजस्तै रहेको र आफ्नो कोहीसँग अफेयर नरहेको उनको दाबी छ ।
केवल हँसिमजाकका लागि खिचिएको उनको त्यो तस्वीर एकाएक सार्वजनिक भयो । उनको त्यो फोटो खिच्ने सहपाठीको मोबाइल जसमा त्यो टपलेस फोटो पनि थियो, अघिल्लो महिना हरायो ।
त्यो मोबाइल कसैले भेटाएछ । मोबाइल भेटाउने वालाले त्यो टपलेस फोटोपनि देखेपछि ती महिला प्रहरीसँग फोन गरेर ब्लाकमेलिंग गर्न थाल्यो । यदि आफुसँग एक रात नबिताएमा आफुले टपलेस फोटो सोसल मिडियामा सार्वजनिक गरिदिने धम्की उसले दिन थाल्यो ।
त्यसरी ब्लाकमेल गर्ने मानिस पुलिस फोर्सकै सदस्य रहेकेा उनको दाबी छ । उसले भने अनुसार उनी एक रात बिताउन राजी भइनन् । अन्ततः अपि्रल १५ मा उनको त्यो टपलेस फोटो फेसबुकमा सार्वजनिक भयो । उक्त फोटो निकै भाइरल बन्यो । पुलिसकर्मीको त्यो टपलेस फोटो हजारौँले शेयर गरे ।
प्रतिक्रिया 4