Comments Add Comment

रेखा भन्छिन्-‘पछिल्ला बहिनी नायिकाहरुसँग अवार्डमा प्रतिस्पर्धा गर्दिन’

rekha thapa hot
नायिका रेखा थापाले अवार्ड सम्बन्धी कार्यक्रममा उपस्थिती जनाउन छाडेको केही बर्ष भयो । अवार्डका लागि रेखाले आफ्नो चलचित्र पनि उपलब्ध गराएकी हुदिनन् ।

तर, वुधबार एकाएक ‘चलचित्र कलाकार संघ’ले आयोजना गर्न लागेको अवार्डको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रेखा उपस्थित भइन् । रेखा उपस्थित भएपछि विभिन्न खालका चर्चा पनि भए ।

कार्यक्रममा बोल्दै रेखाले अवार्डमा भाग नलिनुको कारण बारेमा प्रष्ट पारिन् । रेखाले भनिन्-‘म यहाँ शुभकामना दिन आएकी हुँ । पछिल्लो समयमा आएका बहिनीहरुसँग प्रतिस्पर्धा गर्नुभन्दा मेरो चलचित्रका अन्य कलाकारलाई प्रतिस्पर्धा गर्न पठाउँछु ।’

रेखाले बहिनी भनेर उनीपछि आएका नायिकाहरुलाई इङ्गीत गरिन् । रेखाका अनुसार यदि, उनीबाहेक अन्य कलाकार र प्राविधिकले अवार्डमा सहभागी हुन चाहेको खण्डमा कुनै गाह्रो छैन । तर, रेखा अहिले आएका नायिकाहरुसँग अब प्रतिस्पर्धा गर्न चाहन्नन् ।
rekha thapa
आफूले निर्माण गरेको चलचित्र ‘रामप्यारी’मा आफू सहभागी नभएपनि अन्य कलाकार र प्राविधिकका लागि चलचित्र सहभागीता गराउने रेखाको भनाई छ ।
रेखालाई अन्य नायिकाहरुले उछिने, रेखा पछि परिन् जस्ता गसिप र विश्लेषण चलचित्र बजारमा भैरहँदा रेखा भने ती नायिकाहरुसँग आफ्नो कुनै प्रतिस्पर्धा नै नहुने बताउँछिन् । चलचित्र क्षेत्रमा स्टारडम र विविध कारणले एउटा उचाई बनाइसकेकी रेखाले अब कुनै पनि कुरामा अहिलेका नायिकासँग प्रतिस्पर्धा गर्न नचाहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment