Comments Add Comment

सडक र वन मिचेर बनाएका टहरा भत्काइयो

३० वैशाख, भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकास्थित गुण्डु क्षेत्रको सडक र वन अतिक्रमण गरी बनाइएका टहरा भत्काइएका छन् ।

road-construction-and-pedasबुधबार जिल्ला वन कार्यालय, भक्तपुरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त पहलमा टहरा भत्काइएको हो ।

वन अतिक्रमण गरी बनाएका टहरा भत्काउन पटक–पटक निर्देशन सहितको सूचना दि“दासमेत अटेर गरेपछि बल प्रयोग गरी भत्काउनु परेको जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले बताए ।

अनन्तलिङ्गेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकास्थित सूर्यविनायक हुदै पाइलटबाबा आश्रम, घ्याम्पेडाडा सडकको दाया“बाया“ बनाएका घरटहरा भत्काउन गत चैत १४ गते नै सात दिनको म्याद राखी टहरा हटाउने निर्देशन दिइएको थियो ।

नेपाल सरकारले गत वर्ष नै घोषणा गरिसकेकोे राष्ट्रिय प्राणी उद्यान अन्तर्गतका सेतीदेवी सामुदायिक वन र मन्थली सामुदायिक वनमा पर्ने पाइलट बाबा आश्रम वरिपरिको सडक र वन क्षेत्र अतिक्रमण गरी अनियन्त्रित रुपमा टहरा निर्माण भएका थिए । उक्त स्थानमा अवैधरुपमा ठड्याएका १४ टहरा भत्काइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment