+
+
Shares

ल्ह्यारक्यालमाथि अख्तियारद्वारा साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते १७:१०

Lharkyal-Lama-(2)

३० वैशाख, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका निलम्बित सांसद ल्ह्यारक्याल लामा विरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेकोे अभियोग लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनीमाथि झण्डै १० करोड रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको छ ।

पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन गरेको उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारद्वारा जारी विज्ञप्तिमा लामाको वास्तविक आयभन्दा खर्च तथा लगानी रकम ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ बढि देखिएको उल्लेख छ ।

अख्तियारका अनुसार लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समिचिमा अध्ध्यक्ष नियुक्त भएका थिए । त्यसयता नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुँदै व्यवस्थापिका संसद सदस्य पदमा बहाल रहेका छन् ।  उनले सार्वजनिक पद धारण गर्नुअघि र पछि आर्जन गरेको चल अचलसम्पत्ति र आयको अनुसन्धान गर्दा वास्तविक आयभन्दा सम्पत्ति बढि देखिएको अख्तियारको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयतर्फ हेर्दा तलवभत्ता, जग्गा बिक्री, ऋण तथा सापटीसमेत गरी आयआर्जन गरेको रकम रु.२० करोड ३४ लाख ४१ हजार ८ सय २१ रुपैयाँ रहेकोमा घर निर्माण, जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद, ऋणरसापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम रु.२९ करोड ७९,१४ लाख ४७ रुपैयाँ देखिएकोले निजको आय भन्दा व्यय रु.९ करोड ४४ लाख ७२ हजार १७९ रुपैयाँ  बढि देखिएको छ ।’

उक्त सम्पत्तीको श्रोत नखुलेको हुँदा लामाले गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ । लामामाथि जम्मा विगो ९ करोड ४४ लाख ७२ हजार एकसय ७९ रुपैयाँ ४७ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय माग गरिएको छ ।

यसअघि लामा बैंकको लकरमा १४ राण्ड गोली भेटिएपछि फागुन ३० गते अख्तियारद्वारा पक्राउ परेका थिए ।  ल्याहारक्यालले गोली काण्डको आरोपमा ९ दिन र बैदेशीक रोजगारको मुद्धामा थप दुइ दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका थिए ।

गोली काण्डको मुद्धामा जिल्ला प्रशासन कार्यलयले ६६ हजार धरौटीमा छाडेलगत्तै प्रहरीले पक्राउ गरेर वैदशीक रोजगार विभाग पुर्‍याएको थियो । वैदेशीक रोजगारको पुरानो मुद्धा खेप्न पुगेका लामालाई  ५ घण्टा बयान लिएर विभागले ३० लाख धरौटीमा माग गरेर तारेखमा छाडिदिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?