Comments Add Comment

४० वर्षसम्म घरभित्र १८६ सर्प, कसैलाई थाहै भएन

snakeसुन्दैमा डरलाग्दो । मान्छे बस्ने घरभित्र १ सय ८६ वटा सर्प बसिरहेका छन्, त्यो पनि ४० वर्षदेखि । तर घरमा बस्ने मानिसहरुलाई सर्पको बथान घरभित्रै बसिरहेको सुइको पनि छैन ।

यो घटना हो भारतको उत्तरप्रदेशस्थित लखीमपूरको । लखिमपुर खिरीको ओयल गाउँमा एक घरबाट हालै १ सय ८६ सर्प निस्किएका छन् । स्थानीय जितेन्द्र मिश्राको परिवार राति सुतिरहेको बेलामा एक्कासी घरभित्र गाह्रो नजिक केही अनौठो आवाज आयो । जब जितेन्द्र उठेर हेरे तब उनको सातो गयो । त्यहाँ दुइ जोडी डरलाग्दा सर्प लम्पसार परेका थिए ।

जितेन्द्रको परिवारले गाउँलेसँग गुहार मागे । गाउँलेहरुले ती ४ वटा सर्पलाई नियन्त्रणमा लिए ।

त्यसको झण्डै एक घण्टापछि फेरि त्यस्तै आवाज आयो । त्यसपछि हेर्दा त सोही ठाउँमा केही सर्पहरु उसैगरी लम्पसार परेको देखियो । जितेन्द्र परिवारको होसहवास उड्यो ।

उनीहरु फेरि घरबाहिर निस्किए र गाउँमा गुहार लगाए । सारा गाउँलेहरु घर बाहिरै बसेर रातभर तमासा हेरे । सर्पहरु एक एक गरी घरबाट बाहिर निस्किरहेका थिए ।

बिहान एकजना तान्त्रिक बोलाइयो । उसले घरको पूरानो भित्ता भत्काउन लगायो । त्यसरी पूरानो भित्ता भत्काउँदा थप अरु केही सर्प पनि निस्किए । सबै गरेर उक्त घरबाट १ सय ८६ वटा सर्प निस्किएका छन् ।

यो घरभित्र ४० वर्षदेखि जमिनमुनि डेरा जमाएर ती सर्प बसिरहेकेा दाबी गरिएको छ । तर वन विभागका अधिकारीहरुले भने घरभित्र यति ठूलो संख्यामा सर्प भेटिनु रहस्यमय भएको भन्दै अनुसन्धान भैरहेको बताएका छन् । यो समय सर्पको प्रजनन समय भएको हुँदा पनि धेरै सर्पहरु एकसाथ भेला भएको हुनसक्ने अधिकारीहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment