Comments Add Comment

राष्ट्रिय विकास परिषदको सदस्यमा शान्ता चौधरी नियुक्त

२ जेठ, दाङ । पूर्वसभासद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरी नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । हालै सरकारले चौधरीलाई परिषदको सदस्यमा नियुक्त गरेको हो ।

Shanta-Chaudhariपरिषदले आगामी आवधिक योजना (चौधौ योजना)को खाका पारित गर्नेछ । परिषदको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

चौधरीले फेसबुकमा स्टाटस लेख्दै सरकारले परिषद सदस्यमा आफूलाई नियुक्त गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् ।

आवधिक योजनाका लागि परिषदले छलफललाई तिव्रता दिएको छ । नवनियुक्त सदस्य चौधरीले योजनाको खाका तयार गर्नका लागि विभिन्न सरोकारवाला पक्षसँग छलफल जारी रहेको र छलफलवाट प्राप्त सुझाव, सल्लाहका आधारमा खाका बनाइने जानकारी दिइन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नेपाल सरकारले राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरेकोमा सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो परिषदले आगामी आवधिक योजना -चौधौ योजना) को खाका पारित गर्नेछ । आज र भोलि यसको बैठक भैसकेपछि शायद मेरो भूमिका पनि सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment