Comments Add Comment

भारतमा पेट्रोल र डिजेल महंगियो, नेपालमा के होला ?

petrol_pump
४ जेठ, काठमाडौं । भारतमा पेट्रोल र डिजेल महंगिएको छ । पेट्रोल प्रतिलिटर ८३ पैसा र डिजेल १ रुपैयाँ २६ पैसा महंगो भएको हो ।

पेट्रोल र डिजेलको बढेको मूल्य सोमबार मध्यरातदेखि लागू भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मूल्य बढेसँगै भारतमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर ६३ रुपैयाँ २ पैसा पुगेको छ । यसैगरी डिजेलको नयाँ मूल्य ५१ रुपैयाँ ६७ पैसा पुगेको छ । भारतबाटै पेट्रोल र डिजेल नेपालमा आयात हुने गर्दछ ।

अब नेपालमा के होला ?

भारतमा हुने मूल्यको फेरबदलले नेपालमा पनि प्रभाव पार्दछ ।  अन्तराष्ट्रिय बजारमा हुने मूल्यको घटबढ अनुसार स्वतः नेपालमा पनि घटबढ हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरिएको छ ।

तर, भारतीय नाकाबन्दीपछि एकपटक मात्रै मूल्य समायोजन भएको छ । आजै भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको छ ।

आयल निगमका प्रवक्ता मुकन्द घिमिरेले तेलको मूल्य समायोजनबारे कुनै निर्णय नभएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment