Comments Add Comment

आर्यनदेखि अनमोलसम्म कम चलचित्र खेल्ने बाटोमा

aaryan and anmol
चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै नायक अनमोल केसीले कम चलचित्र खेले । बर्षमा एउटा मात्र चलचित्र खेल्ने गरेका नायकको स्टारडम पनि ह्वात्तै बढ्यो ।

जेठको अन्तिम साता उनको नयाँ चलचित्र ‘गाजलु’ रिलिज हुँदैछ । तर, नयाँ चलचित्रका लागि अनमोलले अहिलेसम्म तयारी थालेका छैनन् । यसको अर्थ अर्को बर्ष भन्दा अगाडि उनको कुनै पनि चलचित्र रिलिज हुनेछैन ।

अनमोल जस्तै अहिले केही चल्तीका नायक कम चलचित्र खेल्ने लयमा फर्किएका छन् । नायक आर्यन सिग्देलले करिअरको सुरुवातमा अनमोलको जस्तै निर्णय गरेका थिए । तर गाडी चढ्न, घरभाडा तिर्न, अन्य खर्च गर्दा उनलाई पुगेन । यसपछि, उनले अफर आएजति चलचित्र गरे । जसले गर्दा उनको क्रेज घट्न थाल्यो ।

सायद, यही कुरा वुझेका आर्यन अब बाहिरी ब्यानरमा काम नगर्ने सोचमा पुगेका छन् । आर्यन आफै नयाँ चलचित्र निर्माण गर्दैछन्, जसको छायांकन थाइल्याण्डमा हुनेछ । उनले बाहिरी ब्यानरका कुनै पनि चलचित्रका लागि संझौता गरेका छैनन् ।

अनमोलसँगै नायकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका सलोन बस्नेत पनि मेकिङ र ब्यानर नहेरि काम गर्दा चिप्लिए । अहिले बल्ल पछुताएका सलोनले पनि कम तर राम्रो चलचित्र खेल्ने निर्णय गरिसकेका छन् ।

यता, नायक जीवन लुइटेलले पनि धेरै चलचित्र खेल्दा करिअर नै सकिदो रहेछ भनेर बल्ल वुझे । उनले पनि बर्षमा २ वटा मात्र चलचित्र खेल्न निर्णय गरिसकेका छन् ।

नायक सविन श्रेष्ठ मनलाग्दी चलचित्र खेलिरहेका छन् । उनका कुनै पनि चलचित्रले लगानी उठाएका छैनन् । तर, सविन पनि अब मनस्थिती फेर्दैछन् । सविनले चलचित्र निर्माणमा हात हालेसँगै राम्रा चलचित्र खेल्ने सोच बनाएका छन् ।

यसको अर्थ अब नेपाली चलचित्रमा व्यस्त देखिएका नायकहरु धेरै चलचित्र खेल्दा करिअर डुब्छ भन्ने अवस्थामा पुगेका छन् । उनीहरुले कम चलचित्र खेल्ने निर्णय गर्दा चलचित्र क्षेत्र र उनीहरुलाई नै फाइदा छ ।

तर, स्टारडम र कलाकारको अभाव रहेको चलचित्र क्षेत्रमा नायकको अभाव देखिने संभावना छ । तर, नायकहरुले यसरि चलचित्र खेलिदिने हो भने कम तर राम्रा चलचित्र बन्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment