Comments Add Comment

मोडलिङमा दक्ष बन्न चाहनेहरुका लागि अवसर

modeling
मोडलिङमा लाग्नेहरुले आफ्नो क्षेत्रमा दक्षता हाँसिल गर्ने अवसर पाउने भएका छन् । मोडलिङमा लागेर केही गर्न चाहनेहरुका लागि ‘क्रिज्ना मिडिया ग्रुप’ले विषेश मोडलिङ प्रतियोगीता गर्ने भएको छ ।

२५ महिला र २५ पुरुष सहभागी हुने पाउने यस कार्यक्रमको अडिसन सुरु भैसकेको छ । अन्तिम नतिजा असारको पहिलो हप्ता आउने छ । विशेष कार्यक्रम गरेर अन्तिम प्रतियोगी घोषणा गरिने इभेन्ट कोअर्डिनेटर पींकी जोशीले बताइन् ।

‘मोडलिङमा लाग्नेहरुका लागि यो बृहत कार्यक्रम हो ।’ आयोजक अशिन श्रेष्ठले भने-‘हामी मोडलिङमा लाग्नेहरुलाई वास्तवमै दक्ष बनाउन चाहन्छौं ।’ अडिसनमा उत्तिर्ण भएकाहरुलाई विभिन्न प्रशिक्षण दिएर दक्ष बनाइने र अन्तिममा बृहत प्रतियोगिता गरिने अशिनको भनाई थियो ।
प्रशिक्षण कार्यक्रमा विभिन्न सेलीब्रेटी एवं अन्य क्षेत्रका प्रतिष्ठित ब्यक्तिलाई सहभागी गराउने योजनामा आयोजक संस्थाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment