लोक दोहोरी गायक सन्तु थापाले शनिवार तम्घासमा मृगौला पीडितको सहयोगार्थ विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । दर्जन बढी एल्बमका स्रष्टा सन्तुले आफ्नै संगीत कम्पनी ‘गुल्मी रेसुङ्गा म्युजिक कम्पनी’को तर्फवाट कार्यक्रम गर्न लागेका हुन् ।
‘साँस्कृतिक कार्यक्रमवाट उठेको पैसा हामी ५० वर्षीय मृगौला पीडित यम बहादुर रानालाई दिन चाहन्छौं ।’ अनलाइनखबरसँग कुरा गर्दै सन्तुले भने । कार्यक्रममा राजेश हमाल विशेष अतिथीको रुपमा प्रस्तुत हुने भएका छन् । मञ्जु पौडेल, शिब हमाल, निर्मला थापा मगर, अनुपा पौडेल लगायतका कलाकारले प्रस्तुति दिने भएका छन् ।
दुबै मृगौला फेल भएका राना अहिले डायलोसिस् गर्दै बसेका छन् । यो कार्यक्रम सम्पन्न भएपछि विदेशमा रहेका शुभचिन्तकहरुसँग सहयोगको अपिल गरिने सन्तुले बताए ।
‘कार्यक्रमवाट उठेको पैसा दिएपछि विदेशमा रहेका साथीभाईसँग पनि सहयोगको अपिल गर्छौ ।’ सन्तुले भने ।
प्रतिक्रिया 4