Comments Add Comment

प्रणव, सम्यक र शिभाङ्गीलाई स्वर्ण

७ जेठ, काठमाडौं । प्रणव मानन्धर, सम्यकभूषण वज्राचार्य र शिभाङ्गीलक्ष्मी शाहले तेश्रो नेपालजुनियर खुला टेनिस प्रतियोगिता/जेटीआईमा स्वर्ण जितेका छन् ।
प्रणव यु-९ ब्वाइज सिंगल्स, सम्यक यू-१४ ब्वाइज सिंगल्स तथा शिभाङ्गी यू-१० गल्र्स सिंगल्समा च्याम्पियन बने ।

शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रणवले राजवीर प्रधानलाई ४-१ र ७-६, सम्यकले छविलाल रावतलाई ६-३ र ६-१ तथा शिभाङ्गीले आइशा डोल्कर गुरुङलाई ६-१ र ६-४ ले पराजित गरे ।

यू-१२ ब्वाइज सिंगल्समा दाइ अदित र भाइ आदित्य सुवेदी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अदितले कुवेहाङ चेम्जोङलाई ६-१ र ६-० तथा आदित्यले अकी जुवेन रावतलाई ६-४ र ७-५ को सेटमा हराए ।

जुनियर लनटेनिस खेलाडीहरुका अभिभावक मिलेर आयोजना गरेको प्रतियोगिताको यु-१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले चिराग तिमल्सिनालाई ६-१ र ६-२ तथा आदित्य सुवेदीले अकी जुवेन रावतलाई ६-३, ३-६ र १०-५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यू-१२ गल्र्स सिंगल्समा रायना शाहले मन्दिरा आले मगरलाई ६-० र ६-१ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरिन् । यू-१६ गल्र्स सिंगल्सको राउन्ड रोविन लिगमा इरा रावतले अभिलाषा विष्टलाई ७-६, ३-६ र ६-३ ले हराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment