Comments Add Comment

विदेशीको कब्जामा नेपालको बिजुली !

Modi River- On the way to Ghandruk from Lsndruk_९ जेठ, काठमाडौं ।  अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकाँदेखि नदी तथा खोला कब्जामा राखेका छन् ।

बिजुली उत्पादन नहुदाँ नेपालीे भने दैनिक १५ घण्टासम्म लोडसेडिङ झेल्दै अध्यारोमा बाच्न बाध्य छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

लगानीमैत्री वातावरण अभाव, तरल राजनिति, फितलो कानुन, अनुगमनमा सरकारको गैरजिम्मेवारीले विदेशीले नदी ओगट्ने मौका पाएका हुन् ।

उर्जा मन्त्रालयले पञ्चेश्वर र सप्तकोसी उच्च बाँध बाहेक हालसम्म १२ हजार ५ सय २४ मेगावात क्षताका आयोजनाको अनुमति बाँडेको छ । यीमध्ये करिब ८५ प्रतिशत विदेशी कम्पनीले लिएका छन् ।

भारत, चीनर कोरियाली कम्पनीले ठुला आयोजना बनाउने नाममा नदी ओगटेर बसेका छन् । विदेशीले लिएका अनुमतिमध्ये ४२ प्रतिशत भारतीय कम्पनीको कव्जामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment