+
+
Shares

ह्वाट्सएपलाई टक्कर दिन गुगलले ल्यायो एल्लो एप

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ९ गते १०:४६

whats appह्वाट्सएप तथा हाइक जस्ता इन्स्टान्ट मेसेजिंग एपहरुलाई टक्कर दिनका लागि गुगलले कम्मर कँसेको छ । गुगलले एल्लो नामको नयाँ एप ल्याएको छ र उक्त एपमा विभिन्न शानदार फिचर्स समेत दिएको छ ।

यद्यपि एल्लो एप अहिले प्ले स्टोरमा उपलब्ध छैन । तर प्रयोगकर्ताले यो एपका लागि आफ्नो अकाउन्ट दर्ता गर्न सक्दछन् । अहिले दर्ता गरिसकेपछि एप लन्च भएसँगै गुगलले दर्तावालको इमेलमा एप डाउनलोड गर्ने लिंक पठाइदिनेछ ।

गुगलले यो एपमा जबरजस्त मेहेनत गरेको छ र ह्वाट्सएपभन्दा एक कदम अगाडि बढेर आर्टिफिसिय इन्टेलिजेन्सको अत्युत्तम उपयोग गरेको छ ।

गुगलका ब्लग पोष्टमा बताइए अनुसार एल्लो मेसेजिंग एपबाट स्मार्ट मेसेज पठाउन सकिन्छ । अर्थात् यो एपमा कुनैपनि मेसेजको जवाफ दिइरहेको बेला स्मार्टफोन आफैले टेक्स्टको सुझाव दिनेछ ।

यस्तो सुझाव छोटो इमेल लेखेको समयमा इनबक्स एपमा भएजस्तै हुन्छ । जस्तै यदि कसैले के हामी भोलि फिल्म हेर्न जान्छौँ त ? भनेर प्रश्न सोध्दै मेसेज पठायो भने एल्लो एपले श्योर, सरी, आइ क्यान नट जस्ता अप्सनहरु देखाइदिन्छ । यी अप्सनहरु देखिएपछि मानिसलाई सिधै आफ्नो परिस्थितिसँग मिल्ने अप्सनमा क्लिक गरिदिए भयो, अक्षर टाइप गरिरहनु परेन ।

साथै गुगलले यो एपमा इमेज रिकग्निसन सफ्टवेयरको पनि जबरजस्त प्रयोग गरेकेा छ । जस्तै यदि तपाइँ कसैलाई मेसेज गरेर कुनै तस्वीर पठाउँदै हुनुहुन्छ भने उक्त तस्वीरको बारेमा वर्णन गर्नका लागि तपाइँले टाइप गरिरहनु पर्दैन यो एप आफैले उक्त तस्वीरका बारेमा प्रापकलाई पूर्ण जानकारी गराइदिन्छ ।

यो एपमा प्रयोगकर्ताको आवश्यकता अनुसार सेन्ड बटनको सहयोगमा लेखिसकेको मेसेजलाई निकै छोटो वा लामो गराउन सकिन्छ । जसले बारम्बरा क्याप्सलक थिच्नुपर्ने बाध्यता हटाइदिन्छ । त्यसका साथै गुगलले एल्लो एपमा प्रयोगकर्ताको गोपनीयतालाई ध्यान दिँदै इनकग्निटो मोड पनि राखेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?