Comments Add Comment

कपिलवस्तु सवारी दुर्घटना, एकको मृत्यु

accident kapilvastu१२ जेठ, कपिलवस्तु । कपिलवस्तुमा सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका १४ स्थित सिद्धार्थ बहुमुखी क्याम्पस अगाडि सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको हो ।  दुर्घटनामा बाणगंगा नगरपालिका डुङहवा कपिलवस्तुका २१ वर्षीय दिपेन्द्र चौधरीको ज्यान गएको हो ।

आज बिहान करिब ६ बजे नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिदा साइकलमा सवार चौधरीको  घटनास्थलमै ज्यान गएको इलाका प्रहरी चौकी पिपराले जानकारी दिएको छ ।

ठक्कर दिने सवारीसाधनको खोजि भई रहेको प्रहरीले जानाएको छ । ठक्कर पश्चात स्थानीयवासीहरुले ४ घन्टा महेन्ऽ राजमार्ग जाम गरेका थिए । मृतक चौधरी बोडगाउँस्थित चिल्ड्रेन प्याराडाइजका शिक्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment