+
+
Shares

माइक्रोवेभमा लुकाएर सुन ल्याउने विदेशी विमानस्थलबाटै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १२ गते ११:०१

goldfinal१२ जेठ, काठमाडौं । साढे तीन किलो अवैध सुनसहित भारतीय मुलका सिंगापुरीयन नागरिक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मंगलबार राती करिब ९ बजे मालिण्डो एयरबाट मलेसियाको कोलालम्पुर हँदै नेपाल आइपुगेका मारुजैन सेलभान साढे तीन किलो सुन सहित पक्राउ परेको विमानस्थलका भन्सार प्रमुख योगेन्द्र भट्टचनले बताए ।

विमास्थलमा भन्सार सेलभानले बोकेको झोला एक्सरे मेसिनमा चेक गर्दा एक किलो सुन भेटिएको उनले बताए । उनले भने ‘ हृयाण्ड ब्यागमै सुन भेटिए पछि हामीले लेगज पनि चेक गर्दा थप साढे दुई किलो सुन भेटिएको हो’ भन्सार प्रमुख भट्टचनले भने ।

श्रीमती सहित नेपाल आइपुगेका सेलभानले माइक्रोओभनमा लुकाएर साढे दुई किलो र हृयाण्ड ब्यागमा १ किलो सुन ल्याएका थिए ।

नेपाल आउने विदेशीले ५० ग्रामको गहना मात्रै लगाएर आउने नियम भएकोले सेलभानलाई थुनामा राखेर अनुसन्धान भैरहेको भन्सार प्रमुख भट्टचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?