+
+
Shares

माधव नेपाललार्इ फकाउने ओलीका प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १३ गते ६:३९

Kp oli and Madhav Nepal१३ जेठ, काठमाडौं । तेस्रो मर्यादा अधिवेशनमा झिनो मतले पराजित नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओलीले २९ साउन ०७१ मा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट तेस्रो मर्यादाको बरियतामा रहने निर्णय गरे ।

बैठकमा सदस्यहरूकै लहरमा बसेका  नेपाललाई मञ्चमा बोलाएर ओलीले तेस्रो मर्यादामा राखेर सम्मान दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बर्थडेमा ‘सरप्राइज’

गत २३ फागुनमा बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओलीले नेता नेपालको ६४औँ जन्मदिन मनाएर ‘सरप्राइज्ड’ दिए । स्थायी समिति सदस्यमाझ अकस्मात् ओलीले ६४ वटा गुलावका फूलसहित ‘गिफ्ट’ दिएपछि नेपाल प्रसन्न भएका थिए भने अरूले ताली बजाएका थिए ।

‘मलाई त नोटिस (याद) नै भएन, यस्तो जानकारी भएको भए अर्कै पहिरनमा आउँथे नि †’ ज्याकेट र पाइन्ट लगाएर बालुवाटार पुगेका नेपालले भनेका थिए । सोही बैठकमा ओलीले केक काटेर नेपाललाई खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?