+
+
Shares

यो हो दुनियाकै जोखिमपूर्ण स्कुले बाटो, पहरे भिर उक्लिन बाजी (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १३ गते ८:४४

world's toughest school run1दिनहुँ तुइनमा झुण्डिएर जोखिमपूर्ण रुपमा नदी पार गर्दै स्कुल जाने बालबालिकाका तस्वीर हेर्दा दुनियामा स्कुल जानको लागि सबैभन्दा धेरै जोखिम मोल्ने विद्यार्थी नेपालकै हुन् की भन्ने लाग्छ ।

तर नेपालमा मात्र होइन रहेछ विद्यार्थीहरुले स्कुल जानका लागि ज्यानकै बाजी थाप्नुपर्ने । छिमेकी देश चीनको एउटा गाउँमा विद्यार्थीहरुले दिनहुँ ज्यान हत्केलामा राखेर निकै जोखिमपूर्ण ठाडो पहरे भिर उक्लिँदै स्कुल जाने गरेको दृश्य साँच्चीकै हाम्रो भन्दा पनि भयानक छ ।

सिचुआन प्रान्तको झाओजु काउन्टीस्थित अटलर गाउँका बालबालिकाहरु ठाडो चट्टानी भिरमा राखिएको जोखिमपूर्ण भर्यांग झर्दै साँघुरो गोरेटोमा लहरा समाउँदै भिरको बाटो पार गरेर गाउँमुनिको स्कुलमा पुग्दछन् ।

निकै विकट चट्टानी इलाकामा रहेको भिरगाउँ भनेर चिनिने अटलर गाउँ पहाडको टुप्पोमा २६ सय २४ फिटकोे उचाइमा छ भने उक्त गाउँका बच्चाबच्चीले पढ्ने स्कुल पहाडको फेँदीमा छ ।

world's toughest school run2भिरमा १७ वटा भर्यांग छन् र स्कुल जानका लागि यी सबै भर्यांग ओर्लनुपर्छ विद्यार्थीहरु अनि घर फर्किँदा उक्लिनुपर्छ ।

सबै भर्यांग चढ्न २ घण्टा लाग्छ भने र्झन डेढ घण्टा । ६ देखि १५ वर्षसम्मका बालबालिकाहरु गह्रौँ झोला बोकेर यी भर्यांग चढ्दै र झर्दै स्कुल जाने आउने गर्छन् । हरेक दिन गाउँका ३ जना अभिभावकले पालैपालो विद्यार्थीहरुलाई चढ्ने र झर्ने काममा सघाउँछन् ।

उक्त गाउँमा ७२ घरपरिवार बस्दछन् र धेरैले खुर्सानी खेति गरेर जिविका चलाइरहेका छन् ।  जोखिमपूर्ण यात्रा गर्दै स्कुल जाने क्रममा अहिलेसम्म ८ जना बालबालिकाको ज्यान गैसकेको छ । पानी पर्ने तथा हिउँ पर्ने समयमा विद्यार्थीहरु धेरै दुघृटनामा पर्दछन् र स्कुल जान पनि निकै गाह्रो हुन्छ ।

झण्डै २ सय वर्ष पूरानो यो गाउँका केही अभिभावकहरुले ज्यान हत्केलामा राखेर छोराछोरीलाई स्कुल पठाउन मानेका छैनन् जसका कारण धेरै बालबालिकाहरु पढ्नबाट बञ्चित छन् ।

हेरौ नेपालकै झल्को दिने चिनिया गाउँका विद्यार्थीहरुका दुखका दृश्य

world's toughest school run3 world's toughest school run4 world's toughest school run5 world's toughest school run7 world's toughest school run9

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?