Comments Add Comment

कुखुराको मासु र अण्डा खान आह्वान गर्दै सुरु भयो अभियान

काठमाडौं । कुखुराको मासु र अण्डाको नियमित खान आह्वान गर्दै यस क्षेत्रमा संलग्न बिभिन्न पक्षहरु मिलेर एकीकृत प्रचार अभियान थालेका छन् ।

Agge-logo

नेपाल दाना उद्योग संघको अगुवाईमा सुरु भएको यो प्रर्बद्धन अभियानमा नेपाल सरकार पशुपंक्षी विकाश मन्त्रालय र पशु सेवा बिभागले पनि सहकार्य गरेका छन् ।

‘कुखुरा खाऔँ, अण्डा खाऔँ’ तथा ‘सबैले खाऔं, सधैं खाऔं’ भन्ने नारालाई बिभिन्न संचारमाध्यममार्फत् प्रर्बद्धन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल दाना उद्योग संघमा आबद्ध ९५ भन्दा बढि सदस्य उद्योगबाट रकम संकलन गरि अभियान संचालन गर्न लागिएको जानकारी दिइयो ।

कुखुराको मासु तथा अण्डामा मुलुक आत्मनिर्भर बनिसकेको तथा मानव स्वास्थ्य र पोषणका लागि समेत लाभकारी कुखुराको मासु र अण्डा उपयोगका लागि प्रोत्साहन गर्न यो अभियान थालिएको संघले जनाएको छ ।

यस व्यवसायलाई थप विकसित गर्न सके त्यसबाट देशको अर्थतन्त्र, आम मानिसको स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा समेत थप टेवा मिल्ने संघको ठहर छ । थुप्रै खालका ‘हृवाइट मिट’ मध्ये सबभन्दा सहज र सुलभ बनेको ब्रोइलर कुखुराको स्वस्थ मासु तथा अण्डा खाँदा हुने बिविध फाइदाबारे जानकारी दिन यो अभियान जरुरी भएको कार्यक्रममा जानकारी दिइयो ।

मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, युरिक एसिड आदी रोगगहरु शहरिया नेपालीको घरैपिच्छेको समस्या बनेको अबस्थामा त्यस्तो जोखिम न्यून गर्न स्वस्थ ब्रोइलर कुखुराको मासु र अण्डाको सेवन सहयोगी हुने संघले बताएको छ । विगत केही वर्षयता ब्रोइलर कुखुरा र अण्डाको उपभोगमा आएको व्यापकतासँगै नेपालमा विद्यमान कुपोषणको समस्या हटेको भएता पनि त्यो प्रयाप्त नभएको हुँदा अभियान संचालन थालिएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment