Comments Add Comment

अब अफिस टाइम बाहिर कर्मचारीलाई काम अह्राएमा हाकिमलाई कारवाही हुने

office_mail_vaccencyतपाइँले जिन्दगी मिलेगी न दोबारा नामक हिन्दी फिल्म हेर्नु भएको छ भने एउटा दृश्य याद होला । जहाँ फिल्ममा ऋतिक रोशन छुट्टी मनाउनका लागि आफ्नो साथीसँग गएका हुन्छन् ।

तर साथीसँग घुम्न गएका बेला समेत उनले अफिसबाट आएका इमेलको जवाफ दिइरहेका हुन्छन् र फोनकल पनि उठाइरहेका हुन्छन् । यसो गर्दा उनका साथीले निकै बोर मान्दछन् ।

यस्तो समस्या भोग्ने ती पात्र ऋतिक रोशन मात्र होइनन् अहिलेका अधिकांस कामकाजी मानिसहरुले यस्तो समस्या भोगिरहेका हुन्छन् । अझ सरकारी कर्मचारीहरुले त २४ सै घण्टा सरकारलाई सुम्पिएको सपथ नै खानुपर्दछ ।

गैरसरकारी जागिर खानेहरु पनि विदाको दिन भनेर ढुक्कसँग घर बस्न कहाँ पाउँछन् र ? फोन अफ गर्यो भने हाकिम रिसाउला र जागिरै जाला भन्ने डर । फोन खोल्यो भने हाकिमले फोन गरेर फलानो काम पर्यो भनेर अफिसमा बोलाउने डर ।

साँच्ची अहिलेका कामकाजी मानिसहरुको निजी जिन्दगी नै छैन भन्दा हुन्छ । कामकाजी मानिसको यस्तो समस्यालाई ध्यानमा राख्दै फ्रान्सले आफ्नो श्रम कानूनमा महत्वपूर्ण परिवर्तन गरेको छ । अब फ्रान्समा कुनैपनि कम्पनीले विदाको दिन तथा कार्यालय समयको अघिपछि कर्मचारीलाई इमेल गरेर वा फोन गरेर दिक्क पार्न पाउने छैनन् ।

५० भन्दा बढि कर्मचारीले काम गर्ने कम्पनीहरुमा अब हाकिमहरुले कर्मचारीलाई कार्यालय समय भन्दा बाहेक अन्य समयमा काम सँग सम्बन्धित इमेल पठाउनु गैरकानूनी हुनेछ ।

फ्रान्समा विद्यमान श्रम पुनर्संरचना विधयेकमा गरिएको संसोधनमा कर्मचारीहरुलाई राइट टू डिस्कनेक्ट अर्थात् सम्पर्क वीहिन हुने अधिकार दिइएको छ ।

यो कानून अनुसार अब अफिस टाइम सकिएर घर फर्किएसँगै कर्मचारीलाई अफिसबाट कामसँग सम्बन्धित कुनै इमेल पठाउन वा काम अह्राउन पाइनेछैन र उक्त कर्मचारी कार्यालय समय बाहेकको समयमा सम्पर्क वीहिन भएर बस्न पाउनेछ ।

सम्पर्क वीहिन हुने अधिकार अन्तरगत अब सप्ताहन्त, रात अबेरसम्म तथा विदामा अफिसको कामलाई लिएर चिन्तित हुनेपर्ने छैन । घरमा बसेर पनि अफिसको काम गर्नुपर्ने बाध्यता हट्दैछ । नेपालको श्रम कानूनमा कहिले होला यस्तो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment