अष्ट्रेलियामा यतिबेला जाडोकाे मौसम शुरू भएको छ तर , शनिबार कलाकारहरूको बेजोड प्रस्तुतीले सिड्नी तात्यो । लोक गायक प्रेमराजा महत र शान्ति भन्डारीको हलै नचाऊने लोक गीत , हाँस्य कलाकार राजाराम पौडेलको पेट मिचि मिचि हँसाउने हाँस्य प्रस्तुति अनि नायिका प्रीयंका कार्कीको आकर्षक नृत्य ।
साँच्चै शनिबार सिड्नीबासी नेपालीहरूले एउटै मंचबाट धेरै मनोरन्जनका खजाना हात पारे । दर्शक जुटाउँन धौ धौ पर्ने सिड्नीमा तनहुँ समाजले आयोजना गरेको यो कार्यक्रममा भने अबस्था त्यो आएन । दर्शकहरूको बाक्लो उपस्थिति देखेपछी दंग पर्दै गायिका शान्तिले भनिन -‘ आम्मै कति धेरै दर्शक । म अहिलेसम्म २५ वटा देशमा गएर कार्यक्रम गरे तर यति दर्शक पहिलोपटक देखेँ , यहाँहरूलाई धन्यबाद -‘ ।

उता यतिबेलाकी हट केक नायिका प्रीयंका कार्कीको दर्शक तताउने नृत्य आर्कषक थियो । कार्यक्रमका अर्का केन्द्र थिए हाँस्य कलाकार राजाराम पौडेल । सिड्नीकै बसाईमा उनले तयार पारेको हाँस्य प्रस्तुति वाह गर्न लायकको थियो ।
तस्बिर : डायानामिक स्टुडियो , सिड्नी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4