Comments Add Comment

पत्नी कुट्ने हलिउड स्टारलाई हजार कदम टाढा रहन आदेश

john deep with wife
‘पाइरेट्स अफ क्याराबियन’ चलचित्रका स्टार जोनी डेपले आफ्नी श्रीमति अम्बर हर्डलाई पिटेपछि उनी विरुद्ध उजुरी परेको छ । आफूलाई मारपिट गरेको भन्दै यी स्टार विरुद्ध पत्नीले नै उजुरी हालेकी हुन् ।

शुक्रबार अदालतमा पुगेकी अम्बरको अनुहारमा चोट लागेको थियो । गतबर्षको फ्रेवुअरी महिनामा यी दुइको बिहे भएको थियो । अम्बरले आफ्नो अनुहारमा लागेको चोट देखाउँदै पतिले मारपिट गरेको बताइन् । ५२ बर्षका जोनीलाई अदालतले पत्नीसँग १००० कदम टाढा रहन आदेश दिएको छ । अम्बरले अदालतमा केही तस्बिर पनि देखाएकी थिइन् ।

तस्बिरमा पतिले पिटेपछि बसेको घाउको निशाना देखिएको छ । जोनीले पत्नीलाई गत शनिबार पिटेका थिए । अम्बरका अनुसार उनका पति जोनीले उनलाई हानी पुर्‍याउन चाहन्छन् । अम्बरले अदालतमा भनेकी छिन्-‘हाम्रो सम्बन्धको अवधीमा जोनीले मलाई क्रुर तरिकाले पिट्ने गर्छन् । उनी ड्रक्स र मदिराको नशामा हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment