+
+

सुधीर बस्नेतको निवेदन-काम गर्ने वातावरण भए पैसा फिर्ता गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १६ गते १९:२९

१६ जेठ, काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले आफुलाई काम गर्ने वातावरण सहज बनाइदिए ओरियन्टल सहकारी र हाउजिङका निक्षेपकर्ता तथा बुकिङकर्ताहरुको पैसा फिर्ता गर्ने बताएका छन् ।

sudhir_basnetकेही दिन अघि व्यवस्थापिका सांसदको अर्थ समितिले व्यवसायी बस्नेतलाई तत्काल पक्राउ गरी सर्वसाधारणको रकम फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो । संसदीय समितिको निर्देशन आएपछि बस्नेतले सहकारी विभागमा काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै निवेदन दिएका हुन् ।

विशेष अदालतका पुर्वसंयोजक गौरीबहादुर कार्कीको संयोजकत्वमा सरकारले गठन गरेको समस्याग्रस्त सहकारीका लागि उच्चस्तरीय जाँचबुझ आयोगमा बस्नेतविरुद्ध करिब ७ हजार सर्वसाधारणले ९ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

बस्नेतले धापासीस्थित चक्रपथ हाइट, नक्सालस्थित इम्पेरियल अर्पाटमेन्ट र भेगास सिटी निर्माणको क्रममा रहेको भन्दै यी आयोजना सम्पन्न भएपछि निक्षेप फिर्ता गर्दै जाने बताएका छन् ।

सहकारीका निक्षेपकर्ताको अध्यावधिक राख्न ओरियन्टल सहकारी सञ्चालन गर्न सहज वातावरण मिलाइदिन निवेदनमा आग्रह गरिएको छ ।

व्यवस्थापिका संासदको अर्थ समितिलाई समेत वोधार्थ पठाइएको पत्रमा सहकारीका निक्षेपर्ताको हकहित संरक्षण समिति क्षेत्री एण्ड एसोसिएटबीच समन्वय गरी निर्माण कार्य थालिएको उनले उल्लेख गरेका छन् । ‘हजारौं बचतकर्ताको अरबौं निक्षेप सुरक्षित गर्न म अहोरात्र प्रयासरत छु,’ बस्नेतद्धारा हस्ताक्षरित निवेदनमा उल्लेख छ ।

घरजग्गा व्यवसायमा आएको मन्दीका कारण आफूले यस क्षेत्रमा गरेको लगानी फस्न गई निक्षेपकर्ताको निक्षेप तिर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताएका छन् । समस्या उत्पन्न भएपछि हाउजिङका बुकिङकर्ताले बुकिङ फिर्ता लान थालेपछि झन् संकट परेको उनले गुनासो गरेका छन् ।

Sudhir-latter

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?