Comments Add Comment

ऋचालाई फिल्ममा किन लिन्छन् निश्चल ? कुनै समय थियो प्रेमको चर्चा

nischal and richa
नायिका ऋचा शर्माको करिअरलाई हेर्ने हो भने उनीसँग सफल चलचित्रको लामो सूची छैन । तर, उनले अभिनय गरेका चलचित्रमा उनको भूमिकालाई भने रुचाइएको छ । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले त ऋचालाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि अन्य चर्चित अवार्ड दिलायो ।

ऋचाको करिअरलाई हेर्ने हो भने ‘लुट’ सर्वाधिक सफल मानिन्छ । ‘टलकजंग भर्सेस टुल्के’ व्यापारिक रुपमा सुपरहिट नभएपनि ऋचाको कामको तारिफ भयो । हुनत, उनले गतबर्ष रिलिज भएको चलचित्र ‘को आफ्नो’मा पनि प्रशंसनिय भूमिका निर्वाहा गरेकी थिइन्, तर चलचित्र एक दिन पनि गतिलो चलेन । यो बर्ष त ऋचाले अभिनय गरेका ‘बाटो मुनिको फूल २ र जंगे’ले बक्स अफिसमा हावा खायो ।richa and nischal basnet

ऋचाको करिअरलाई हेर्ने हो भने उनी निर्देशक निश्चल बस्नेतसँग जोडिदा मात्र हिट भएकी छिन् । निश्चलले आजसम्म २ वटा चलचित्र निर्देशन गरे र तेश्रो बनाउने तयारीमा छन् । रोचक कुरा के छ भने, ३ वटै चलचित्रमा ऋचा शर्मा नै नायिका छिन् ।

ऋचाको अभिनयका कारण आफूले लिने गरेको निश्चलको भनाई छ । उनी अभिनय राम्रो भएका नायिका पाएको खण्डमा अरुलाई पनि अवसर दिन कञ्जुस्याँई नगर्ने बताउँछन् । निश्चलले ऋचालाई चलचित्रमा अडिशन लिएरै छानेको बताउँछन् ।

यता, नायिका शर्मा भने निश्चलसँग काम गर्न पाउँदा सर्वाधिक खुशी देखिएकी छिन् । निश्चलविनाका चलचित्र असफल भएपछि ऋचालाई करिअर बचाउन पनि उनको साथ आवश्यक छ । कुनै बेला त ऋचा र निश्चलको प्रेम चर्चा पनि थियो । तर, निश्चलले मोडल स्वस्तिमा खड्कासँग बिहे गरेपछि यो चर्चा सुनसान भयो ।

तस्बिर : कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment