+
+
Shares

मनिषा मृत्यु प्रकरण: आशिषको पुरानो बयान र पोलीग्राफ बयान मिल्यो

तर, अनुसन्धान अझै बाँकी छः प्रहरी

सलमान खान सलमान खान
२०७३ जेठ १९ गते १२:०५

press-meet-ssp

१९ जेठ, नवलपरासी । फुटबलर विमल घर्तीमगरको बहिनी मनिषा घर्तीमगरको मृत्युको अनुसन्धानको विषयमा प्रेमी अशिष चौधरीको भएको पोलिग्राफ जाँचमा चौधरीले मनिषाको हत्या नगरेको दिएको जवाफ साँचो देखिएको छ ।

मगंलबार ५ घण्टा लगाएर प्रहरी नियन्त्रणमा रहेको चौधरीको इलाका प्रहरी कार्यालय सुनवलमा पोलिग्राफ जाँच भएको थियो ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट पोलिग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा नवलपरासी आएको टोलीले चौधरीलाई ११ वटा प्रश्न गरेको थियो ।

उक्त जाँचमा मनिषा घर्तीमगरको मृत्यु तपाईले गराउनुभएको हो भन्ने प्रहरीको प्रश्नमा चौधरीले होइन भन्ने जवाफ दिएको र उक्त जवाफ पोलिग्राफ जाँच गरी हेर्दा साँचो बोलेको देखिएको बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

पोलिग्राफ जाँचमा मनिषाको हत्या गरेको विषयमा चौधरीले साँचो बोलेको देखिए पनि अनुसन्धान अझै बाँकी रहेको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेत बताए ।

aashish-ploygraph-test.

उनले जेठ ५ गते देखि जेठ १२ गते सम्म मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरबाट आशिषले प्रयोग गर्ने मोबाइल नम्बरमा १ सय १६ पटक कल फोन गरेको र सोही गते भित्र अशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा १ सय २ पटक कल फोन गरेको अनुसन्धानमा पाइएको बताए ।

त्यस्तै वारदातको दिन जेठ १२ गते अशिषले प्रयोग गर्ने मोबाइल नम्बरबाट मनिषाले प्रयोग गर्ने मोबाइल नम्बरमा ८ बजेर ३२ मिनेट २७ सेकण्डमा अन्तिम कल गरेको देखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद चौधरीले बताए । उनीहरुले प्रयोग गर्ने मोबाइल नम्बरमा म्यासेजमा मार्फत पनि उनीहरुवीच धेरै कुराकानी भएको देखिएको प्रहरीले जनाएको छ ।

अशिषले मनिषाको हत्या नगरेको जवाफ पोलिग्राफमा जाँचमा साँचो देखिएको छ आयोजित पत्रकार सम्मलनेमा अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले भने अहिले नै हत्या हो वा आत्महत्या भन्न सकिदैन हाम्रो अनुसन्धान एक तिहाइ मात्र सकिएको छ,  हामीले विभिन्न कोणबाट वैज्ञानिक ढंगले अनुसन्धान जारी राखेका छौँ केही दिनमा घटनाको यथार्थ विवरण बाहिर आउनेछ ।

उनले घटनास्थल भेटिएको रगतको स्याम्पल, भिसेरा रिपोर्ट (कसैले केही खुवाएर लठ्ठ पारे/नपारेको) परिक्षण गर्न पठाइएको बताए ।

त्यस्तै मनिषाको मृत्यु ह्याङ्गङिका कारण भएको मंगलबार आएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको छ । तर, अझैसम्म मनिषाको हत्याको भएको हो कि आत्महत्या अझै स्पष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?