+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विप्लब माओवादीद्वारा सेभ द चिल्ड्रेनको चौतारा कार्यालयमा आक्रमण

रासस रासस
२०७३ जेठ २५ गते १०:३३

२५ जेठ, सिन्धुपाल्चोक । नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको सिन्धुपाल्चोक कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।

save the children1प्रहरीका अनुसार पाँच छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा१३च ५९१४ नको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ ।

यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दैआएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– “निश्चित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, रु पाँच अर्बभन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेका हौँ ।”

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?