+
+
Shares

ब्राण्डेड सामानबारे हेल्लो सरकारको चासो, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयलाई ध्यानाकर्षण

 पुष्प ढुंगाना पुष्प ढुंगाना
२०७३ जेठ २५ गते १५:२३

HelloSarkar२५ जेठ, काठमाडौं । उच्च सरकारी ओहदाका व्यक्तिहरुबाट राज्यकोष दोहन भइरहेको विषयमा अनलाइनखबरले तथ्य उजागर गरेपछि प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारले पहलकदमी लिएको छ ।

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले घरायशी प्रयोजनका लागि महंगा र ब्रान्डेड सामानहरु माग गर्दै आएकोबारे अनलाइनखबरमा समाचार प्रकाशित भएको थियो ।

हेर्नुहोस् समाचार- प्रधानमन्त्रीलाई बजाजको फ्यान, राष्ट्रपतिलाई हकिन्सको कराई ! 

समाचारहरुको लिंकसहित हेल्लो सरकारमा दर्जनाैं उजुरी परेका छन् । हेल्लो सरकार सेलले सार्वजनिक भएको समाचारबारे राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको ध्यानाकर्षण गराएको हो ।

हेल्लो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले प्रधानमन्त्रीको सम्पर्क शाखालाई पनि सार्वजनिक समाचारको प्रतिसहित पत्र लेखेर राज्यकोषबाट खर्च हुनेगरी प्रधानमन्त्रीको निवासले ब्राण्डेड सामान मगाउने गरेको बारे जानकारी मागेको बताए ।

प्रधानन्यायाधीश र सभामुखका बारेमा भने कानुन मन्त्रालयलाई पत्र लेखेर त्यस्तो गतिविधि रोक्न निर्देशन दिइने उनको भनाइ छ ।

‘पदाधिकारीले राज्य स्रोतको दुरुपयोग गरेको भनी फेसबुक र ट्वीटरबाट हेलो सरकारमा धेरै गुनासाहरु रेकर्ड भएका छन्,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘समाचारको प्रतिसहित राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छौँ ।’

उपसचिव उपाध्यायका अनुसार पत्रमा भनिएको छ, ‘सार्वजनिक कार्यालयले मितव्ययिता र पारदर्शितालाई ध्यान दिँदै खरिद गर्ने व्यवस्था मिलाउने र आगामी दिनमा यस्तो गुनासो आउन नदिने गरी कार्य गर्नुहुन अनुरोध गरिन्छ ।’

सरकार परिवर्तनपछि मन्त्रीहरुले क्वार्टर छोडेर जाँदा सरकारी पैसामा किनिएका सामान पनि सँगै बोकेर लाने गरेका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रीको ‘बाँदरे’ प्रवृत्तिः सोफाको चकटीदेखि एसीसमेत गायव

पूर्वमुख्यसचिव कोइराला भन्छन्- ब्राण्डेड समान मगाउनु अपराध हो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?