बेल्जियममा बस्दै आएका सहदेव गौतमले निर्माण गरेको चलचित्र ‘चर्खा’को छायांकन सकिएको छ । ३७ दिन लगाएर यो चलचित्रको भारतको सिलगुढीमा छायांकन समाप्त गरिएको निर्माणपक्षले जानकारी दिएको छ । बषर्ाको समयमा पनि इनडोर र आउडोर गरेर काम गरेकाले कुनै समस्या नभएको निर्देशक गोविन्द गौतमले जानकारी दए ।
सिलगुढीमा १५ प्रतिशत छायांकन सकेर यसको निर्माण यूनिट नेपाल फर्किएको हो । मकवानपुरमा ८५ प्रतिशत छायांकन गरिएको छ । यो चलचित्रमा दीलिप रायमाझी, जुनु रिजाल, निर्जन थापा, सुशान्त कार्की, सुरविना कार्की, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।
हेटौडाका यूवा व्यवसायीहरु सुनिल अधिकारी, धर्मराज बर्तौला, गणेश भेटवाल, बालकृष्ण खड्का, रुपेश केसीले पनि यसमा लगानी गरेका छन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ ।
प्रतिक्रिया 4