+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तमुवान राज्यको माग गर्दै पोखरामा पनि अनसन

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ जेठ २५ गते ११:२२

Tamuwan-Relay-anasan

२५ जेठ, पोखरा । तमुवान राज्यको माग गर्दै संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले पोखरामा पनि रिले अनसन शुरु गरेको छ । तमुवान संघर्ष समिति संघीय गठबन्धनमा आवद्ध छ ।

संघीय गठबन्धनले काठमाडौंमा अनसन शुरु गरेसँगै सोही गठबन्धनमा आबद्ध तमुवान संघर्ष समितिले पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकारचोकमा रिले अनसन शुरु गरेको हो । विहान ७ बजेदेखी शुरु भएको अनसन बेलुका ७ बजेसम्म जारी रहनेछ । अनसन जेठ ३१ गतेसम्म जारी रहने समितिले जनाएको छ ।

रिले अनसनको पहिलो दिन मंगलबार तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङसहित ९ जना अनसन बसेका छन् । अनसन बस्नेहरुमा सचिव गजेन्द्र सुब्बा, तमुवान अभियन्ताहरु मनबहादुर तमु, कुलबहादुर भुजेल, टेकबहादुर तामाङ, गोपाल गुरुङ, क्याप्टेन नरेश थापा, धनबहादुर परियार र चन्द्र तामाङ ‘मुस्कान’ छन् ।

रिले अनसनकारीहरुलाई तमुवान राजनीतिक संयन्त्रका सदस्यहरु संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङ, नेकपा क्रान्तिकारी माओवादीका कास्की इञ्चार्ज भिमबहादुर श्रीस, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, संघीय जनमुक्ति पार्टीका नेता पुरनध्वज गुरुङ, तराई मधेश लोकतान्त्रिक पार्टी कास्कीका अध्यक्ष राम जैसवाल लगायतले शुभकामना सहित खादा र तमुवानको फेटा प्रदान गरेका थिए ।

तमुवान संघर्ष समितिका संयोजक हुमबहादुर तमुले संविधान पुर्नलेखन गरी पहिचानसहितको संघीयता, तमुवानसहितको संविधान, पहिचान र अधिकार सुनिश्चिचता, पुर्ण समानुपातिक प्रतिनीधित्व, भाषिक समानता, सबै खाले विभेद उत्पीडनको अन्त्य, कालाबजारी भ्रष्टचारीलाई कारवाही, भूकम्पपीडितलाई तत्काल राहतको व्यवस्था लगायतको विभिन्न मागसहित रिले अनसन शुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?