यरो कप २०१६ को तयारीमा रहेका ग्यारेथ बेलले वेल्स वन म्यान टिम नभएको बताएका छन् ।
वेल्सले शनिबार स्लोभाकियासाग खेल्नेछ र उसको यो १९५८ को विश्वकपपछि पहिलो ठूलो प्रतियोगिता हुनेछ ।
वेल्सलाई युरो कपसम्म पुर्याउने क्रममा बेलले छनौट चरणमा सात गोल गरेका थिए ।
र, रियल मड्रिडका फवार्ड बेलले वेल्सका लागि खेल्दा दबाव महसुस नगर्ने दाबी गरेका छन् । उनले भनेका छन्, म आफैं फुटबल मैदानमा रमाउन चाहन्छु, जस्तो तपाई बच्चा हुँदा रमाउनुहुन्छ ।’
वेल्सको टिममा रहेका सदस्यहरु दाजुभाइ जस्तै भएको भन्दै उनले राम्रो गर्न प्रयास गर्ने बताए ।
युरोकप अघिको मैत्रिपूर्ण खेलमा वेल्स स्वीडेनसँग ३-० गोल अन्तरले पराजित भएको थियो, जुन खेलमा बेलले अन्तिम तीस मिनेटमात्र खेलेका थिए ।
धेरैले युरो कपमा वेल्सको प्रदर्शन बेलमा भर पर्ने विश्लेषण गरेका छन् । तर, उनले भने वेल्स वन म्यान टिम नभएको भन्दै भने, यो वन म्यान टिम होइन । खेल सुरु हुँदा मैदानमा ११ खेलाडी हुन्छन् ।’ उनले अघि भने, हामीले एउटै युनिटमा कडा मेहनत गरेका छौं । हामी एक भएर आक्रमण गर्छौं र हार्दा पनि एक हुन्छौं ।’
प्रतिक्रिया 4