काठमाण्डौका चावहिलस्थित गोपिकृष्ण हलमा चलचित्र ‘गाजलु’ नलाग्ने भएको छ । निर्माता रोहित अधिकारीले दिएको जानकारी अनुसार दर्शक फर्किदा पनि ठूलो हल नदिएपछि यो निर्णय गरिएको हो ।
रोहितले अनलाइनखबरसँग भने-‘हामीलाई कृष्ण र ओम हल दिइएको छ । ठूलो गोपि हलमा ‘हाउसफूल ३’ लगाइएको छ । हाम्रो चलचित्र हेर्न आउने ७ सय दर्शक फर्किएका छन् ।’ गोपिकृष्णले आफूले किनेर ल्याएको ‘हाउसफूल ३’लाई दोश्रो हप्तामा पनि ठूलो हलबाट नहटाउने शैली अपनाएपछि निर्माता अधिकारीले यो डिसिजन गर्नुपरेको बताए ।
बिहानी शोमा गोपिकृष्ण हलमा चलचित्र कृष्ण र ओममा हाउफूल छ । तर, दर्शक र्फकदा पनि ठूलो हल दिइएको छैन । ‘हाउसफूल ३’लाई गोपिकृष्ण मूभिजले आफै किनेर ल्याएको हो । यसैले पनि नेपालबाट लगानी उठिसकेको छैन भन्दै ठूलो हल नेपाली चलचित्रलाई दिन मानिएको छैन ।
निर्माता अधिकारीले ११ बजेको शोबाट ‘गाजलु’ नचलाउने निर्णय गरिएको बताए । उनले दर्शकलाई गोपिकृष्ण बाहेक अन्य पायक पर्ने हलमा गएर चलचित्र हेर्न आग्रह गरे ।
प्रतिक्रिया 4