२८ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संविधान र मधेसको विषयलाई अन्तरराष्ट्रियकरण गर्ने कूटनीतिमा असफल भएको नेकपा मसालले जनाएको छ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भनेका छन्- ‘मोदीले ब्रिटिस प्रधानमन्त्री र ईयुसितको संयुक्त वक्तव्यमा जस्तै अमेरिका भ्रमणका बेलामा अमेरिकन राष्ट्रपतिसित नेपालको विषयलाई समावेश गर्ने, अर्थात् नेपालको संविधान अपूर्ण भएकोमा मधेशी जनतासित भेदभाव गरेको जस्ता विषयहरु समावेश गर्न प्रयत्न गरेका थिए । तर, अमेरिकन सरकारले उनको त्यो प्रस्तावलाई अस्वीकार गर्यो । त्यो मोदी सरकारको ठूलो कुटनीतिक पराजय हो ।’
नेपालका विषयमा अमेरिकालाई समेत मुछ्ने मोदीको योजनामा धक्का लागेको सिंहको दाबी छ । उनले आफ्नो वक्तव्यमा भनेका छन्- ‘मोदी सरकारको नेपालको संविधान वा मधेसको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने नीतिमा ठूलो धक्कापुगेको छ ।’
प्रतिक्रिया 4