+
+
Shares

काठमाडौंको फोहर निजी क्षेत्रलाई !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते ६:५२

fohar३० जेठ, काठमाडौं । सरकारले लामो समयको प्रयासपछि काठमाडौं उपत्यकाको फोहरमैलालाई निजी क्षेत्रमार्फत व्यवस्थापन गर्ने अन्तिम तयारी गरेको छ ।

त्यसका लािग प्याकेज वानअन्तर्गत काठमाडौं महानगरभित्रको फोहर नेप वेस्ट, प्याकेज टु र थ्रीअन्तर्गत क्लिन भ्यालीलाई महानगरसबाहिर, ललितपुर र भक्तपुर जिल्लाका साथै कीर्तिपुर नगरपालिकाको फोहर व्यवस्थापनको जिम्मा दिइएको छ ।

सरकारले लगानी बोर्डमार्फत विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको छ भने वढीमा तीन महिनाभित्रै सम्झौता हुने छ । लगानी बोर्डका सहायक प्रवक्ताा खगेन्द्र रिजालले दुवै कम्पनीसँगको सम्झौताका लागि अन्तिम चरणमा काम भइरहेको जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

निजी क्षेत्रलाई दिएपछि जैविक फोहरबाट नेप वेस्टले विजुली, कम्पोस्ट मल र ग्यास उत्पादन गर्नेछ भने क्लिन भ्यालीले कम्पोस्ट मल, इन्धनको बैकल्पिक साधन, बायोग्यास र बायोडिजेल उत्पादन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?