Comments Add Comment

हात्ती आतंक रोक्न नेपालले सीमामा विद्युतीय तारबार गर्दा बंगाल सरकार रुष्ट

३१ जेठ, काठमाडौं । सीमा क्षेत्रमा हात्ती भगाउन नेपाली पक्षले विद्युतीय तारबार लगाउँदा भारतको पश्चिम बंगाल सरकार रुष्ट भएको छ । उसले विद्युतीय तारबारको विरोध गरेको छ र भारतको केन्द्र सरकारलाई पत्र लेखेर यो विषय नेपालसमक्ष उठाउन माग गरेको छ ।

Elephant
तस्वीर: एपी

जंगली हात्तीले विध्वंश मच्चाएपछि मेची नदी किनारमा नेपालले झण्डै १८ किलोमिटर विद्युतीय तारबार लगाएको छ ।

पश्चिम बंगालका वनमन्त्री विनयकृष्ण बर्मनले शनिबार राज्यका वनसम्वद्ध अधिकारीहरुसँग यसबारे छलफल गरेका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार मन्त्री बर्मनले अन्तराष्ट्रिय सीमामा तारबार लगाउँदा बन्यजन्तुको प्राकृतिक आवत-जावतमा अवरोध पुगेको बताए । ‘राज्य सरकारले यसबारे नेपालसँग कुरा गर्न केन्द्र सरकारलाई पत्र पठाइसकेको छ,’ उनले भनेका छन् ।

हरेक वर्ष भारतको असम र पश्चिम बंगालबाट जंगली हात्तीहरु नेपालतर्फ आउने गर्छन् । हात्तीका बथान गाउँमा बसेर विध्वंश मच्चाउनेदेखि खेतीबाली नष्ट गर्न गरेका छन् ।

सिलिगुढीलाई आधार बनाएर कार्यरत हिमालयन नेचर एण्ड एडभेन्चर फाउण्डेसनका अनिमेश बोसका अनुसार दार्जीलिङको पानीघट्टदेखि नेपालको झापा, बाहुनडाँगी कोरिडोरमा वर्षौंदेखि हात्तीहरु आवत-जावत गर्ने गरेका छन् । यसमा अवरोध गरे भारतको कोलाबारी र पानीघट्ट इलाकामा हात्तीले विध्वंश मच्चाउन सक्ने उनको दाबी छ ।

हात्तीहरु पानी पर्ने बेला र जाडोयाममा यो कोरिडोरमा आउँछन् । राति नेपाल प्रवेश गर्ने र विहान भारतीय भूमिमा फर्कने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment