Comments Add Comment

गर्भनर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको सयको नोट बजारमा

New-Note-100-Rs
३१ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले गर्भनर डा. चिरञ्जीवी नेपालले हस्ताक्षर नोट पहिलो पटक बजारमा ल्याएको छ । राष्ट्र बैंकले सोमबारदेखि चलनचल्तीमा आउने गरी सय रुपैयाँको नोट बजारमा ल्याएको हो ।

पहिलाकै आकार, प्रकार र रङमा सय रुपैयाँको नयाँ नोट बजारमा आएको छ । संकेत नम्बर ए/८ ०००००१ देखि ओ/१७ ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामुलक वाक्यांशसहित नयाँ नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोटका विशेषताहरु
नोटको अग्रभागमा

१. बायाँतर्फ सगरमाथाको चित्र रहेको ।
२. मध्यभागको पृष्ठभूमिमा नेपालको नक्सा रहेको
३. अशोक स्तम्भको चित्र साथै लुम्बिनी दी बर्थ प्लेस अफ लर्ड बुद्ध लेखिएको ।
४. अशोक स्तम्भसँगै दृष्टि विहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको ।
५. अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको ।
६. दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
७. २ मिमी चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको ।
८. तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्ताखत रहेको ।
९. नोटको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०७२ लेखिएको ।

नोटको पृष्ठ भागमा

१. नोटको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको ।
२. नोटको मध्य भागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको ।
३.नोटको मध्य भागको तलपट्टी अंग्रेजीमा रुपिज वान हन्ड्रेड लेखिएको
४. नोटको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०१५ ए.डी. लेखिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment