नायिका करिश्मा मानन्धरको चर्चा अहिले सामाजिक संजालदेखि चिया पसलसम्म छ । उनको चर्चा हुनुको मुख्य कारण हो, उनले गरेको कार्यक्रम संचालन ।
‘नयाँ शक्ति नेपाल’को पार्टी घोषणा कार्यक्रममा आइतबार करिश्माले कार्यक्रम संचालन गरेकी थिइन् । तर, सो कार्यक्रममा करिश्माले धेरै व्यक्तिको नाम उल्टो भनेको, सहित तरिकाले कार्यक्रम चलाउन नसकेको भन्दै उनको मजाक पनि उडाइएको छ ।
यहि बिषयमा करिश्माकि छोरी कविताले पनि उनलाई फोन गरिछन् । अमेरिकाबाट करिश्माकी छोरी कविताले फोन गरेर भनिछन्-‘ममी के भाको, तिमीले त देशकै वेइज्जत गर्यौ रे’ । छोरीले आफूलाई देशको वेइज्जत गर्यौ भन्दै कमेन्ट गरेपछि करिश्माले पनि यस्तो जवाफ दिइछन्-‘छोरी मैले तिमीलाई त जन्म दिएँ । तर, म आफू भने फेरि जन्मदैछु ।’
करिश्माले यो कुरा आफ्नो फेसबुकमा स्टाटस लेखेर सबैसँग शेयर गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4