Comments Add Comment

१० शट्स, शून्य गोल र बेखुश रोनाल्डो

ronaldoकाठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोका लागि पेरिसमा शनिबारको रात सम्झनालायक रात हुनु पर्ने थियो । किनभने उनले लुइस फिगोको रेकर्ड तोड्दै पोर्चुगलका लागि १२८ क्याप जिते ।

तर, युरो २०१६ मा अष्ट्रियाविरुद्धको खेल गोलरहित बराबरीमा सकियो र यो रात क्षणभरमै कहिल्यै भूल्न नसक्ने रातबाट छिट्टै विर्सन चाहेको रातमा परिणत भएको छ ।

३१ वर्षे रोनाल्डो खेल सुरु हुनु अघिसम्म निकै खुसी र आरामदायी अवस्थामा देखिएका थिए । पोर्चुगलबाटै आएका झण्डै २० हजार समर्थक उनको गोल गर्न हौसाइरहेका थिए ताकि आफ्नो देश युरो २०१६ को नकआउट चरणमा पुग्न सकोस् ।

पहिलो हाफमा रोनाल्डो त्यही दिशामा थिए पनि । उनको गोल प्रयासमा उनले हानेको बल केही परबाट बाहिरियो । यो ९० मिनेटको खेलमा उनले गरेको गोल प्रयास मध्ये पहिलो थियो, जुन सबै असफल भएको छ ।

रियल मड्रिडका फवार्ड पहिलो हाफमा नानीलाई सहयोग गर्न बढी सक्रिय देखिए ।

दोस्रो हाफमा पनि रोनाल्डो गोल गर्न सकिरहेका थिएनन् । तर, खेलमा साँच्चै प्रभाव पार्न संघर्षरत रहे । तर, खेलको ७८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । यो रोनाल्डोका लागि राम्रो मौका थियो । किनकी उनले केही साता अघि मात्र एथ्लेटिको मड्रिडविरुद्ध विजयी पेनाल्टी गोल गर्दै च्याम्पियन्स लिगको उपाधि जितेका थिए । तर, रोनाल्डोको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

आफ्ना स्टार स्ट्राइकरले यति ठूलो प्रतियोगितामा पेनाल्टी मिस गरेको पोर्चुगलका समर्थकहरुले विश्वास नै गर्न सकेका थिएनन् । तर, रोनाल्डोले हानेको पछिल्लो पाँच पेनाल्टीमा यो चौथो पटक गोल गर्न असफल भएका छन् ।

उनले धेरै अवसर सृजना गरे र समान्य अवस्थामा उनले हृयाट्रिक गर्नु पर्ने हो, फुटबल पण्डित थिएरी हेनरीले भने, जब उनले पेनाल्टी हान्न लागे, मलाई यो सही लागेको थिएन ।’ कहिले काँही खेलाडीलाई यस्तो हुने भन्दै उनले यो रात रोनाल्डोको नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment