Comments Add Comment

मेस्सीले भेटे धेरै गोलको रेकर्ड, अर्जेन्टिना सेमिफाइनलमा

messi५ असार, काठमाडौै । मेस्सीले ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबर गरेको खेलमा अर्जेन्टिना विजयी भएको छ । र, कोपा अमेरिकाको सेमिफाइलनमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा भेनेजुएलालाई ४-१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनल यात्रा तय गरेको हो ।
जित निकाल्ने क्रममा हिगुइनले दुई तथा मेस्सी र लामेलाले एक एक गोल गरेका थिए । खेलको आठौं मिनेटमा हिगुइनले अर्जेन्टिनाको लागि पहिलो गोल गरेका थिए  । र, उनको बलले  २८ औं मिनेटमा जालि चुमेको थियो ।

दोस्रो हाफको ६० औं मिनेटमा मेस्सीले  उत्कृष्ठ गोल गर्दै खेललाई ३-०को अवस्थामा ल्याए र, ग्रयावियल बाटिस्टुटाको नाममा रहेको ५४ अन्तर्राष्ट्रिय गोलको रेकर्डसँग बराबरी गरे । खेलको ७१ औं मिनेटमा लामेलाले गोल गरे । भेनेजुएलाले एक गोल फर्काएको थियो  । तर त्ययले अर्जेन्टिनाको जित रोक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment