Comments Add Comment

ग्यास सिलिण्डर पड्किएर मृत्यु भएकाका परिवारले मागे ५० लाख क्षतिपूर्ति

कम्पनीको अनुमतिपत्र खारेज गर्न माग

५ असार, काठमाडौं । ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने क्रममा ज्यान गएकाका पीडितका परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

HP-Gasगत जेठ ७ गते एचपी ग्यास सिलिण्डर पड्किँदा सुरेश ताम्राकार र धुव्र ताम्राकारको ज्यान गएको थियो भने उपचारका क्रममा जेठ २९ मा राजेश ताम्राकारको ज्यान गएको थियो ।

मृतकका परिवारले ग्यासको सिलिण्डरको गुणस्तरमा कडाइ गर्नुका साथै आफूहरुलाई क्षतिपूर्ति दिन माग गरेका छन् । ग्यास पड्किँदा हुने जनधनको क्षतिबापत पाउने रु १५ लाखलाई बढाएर रु ५० लाख बनाउन मन्त्रीसमक्ष माग गरेका हुन् ।

यस्तै सिलिण्डरको धरौटी रकम मागेका बेला तुरुन्त फिर्ता गनुपर्ने तथा दुर्घटना गराउने कम्पनीको अनुमतिपत्र तत्काल खारेज गर्न अपिल गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै आपूर्तिमन्त्री पुनले सङ्घर्ष समिति र पीडितका तर्फबाट बुझाएको ज्ञापनपत्रलाई नेपाल सरकारले गम्भीर रुपमा लिएको बताए । उनले मापदण्डविपरीत ग्यास सञ्चालन गर्ने कम्पनीमाथि कारबाही गरिने स्पष्ट पारे ।

मन्त्री पुनले चाँडै मन्त्रालयले ग्यास सिलिण्डरको गुणस्तरसम्बन्धी विज्ञसहितको टोली बनाएर त्यसको छानबिन गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment