Comments Add Comment

नेपाल प्रेस इन्स्टिच्युटमा नौ सदस्य निर्वाचित

५ असार, काठमाडौं । नेपाल प्रेस इन्स्टिच्युटको कार्यसमितिमा नौ सदस्य निर्वाचित भएका छन् । इन्स्टिच्युटको आइतबार सम्पन्न ११औँ साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि सदस्य निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा निलकण्ठ उप्रेती, पुष्कर माथेमा, नीता सापकोटा, लक्ष्मण उप्रेती, लक्ष्मण हुमागाईं, मन्टेश्वरी राजभण्डारी, तीर्थ कोइराला, गङ्गादेवी गुरुङ र कपिल काफ्ले छन् ।

निर्वाचित सदस्यले इन्स्टिच्युटको अध्यक्ष, उपाध्यक्ष महासचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने निर्वाचन अधिकृत सोमनाथ लामिछानेले जानकारी दिए ।

पत्रकारिता क्षेत्रको प्राज्ञिक संस्थाका रुपमा रहेको नेपाल प्रेस इन्स्टिच्युटले नेपालको पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment