Comments Add Comment

योगको महत्वः शरीर र मन दुबैको उपचार

यस्ता छन् योगका ७ उपयोगिता

नेपालमा प्रथम पटक माघ १ लाई योग दिवसका रुपमा मनाउन थालिएको थियो ।  पछि संयुक्त राष्ट्रसंघले जून २१ (आजको दिन) लाई विश्व योग दिवसका रुपमा घोषणा गरी मनाउन थालेको छ । प्राचीन कालदेखि ऋषिहरुले विकसित गरेको योग साधनाका साथसाथै चिकित्साका रुपमा रहेको आयुर्वेदको सत्वावजय चिकित्सा पनि हो ।

योग शब्द संस्कृतकोर् युज्’ धातुबाट निर्मित छ, जसको अर्थ जोड्नु  हुन्छ । आत्माको परमात्मासगको मेल वा जोड नै योग हो । योगले मानवीय चेतनाको अघिकतम विकास गरी सम्र्पूण जगतको रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ ।

binod ghimire
लेखक

महर्षि पतञ्जलिका अनुसार चित्तकावृत्तिको निरोघ नै योग हो । योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय योग हो । मानव अस्तित्वमा ५ तह हुन्छन्, जसलाई पञ्चकोष भनिन्छ । तैत्तरीय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमयकोष, प्राणमय कोश, मनोमय कोष, विज्ञानमय कोष, आनन्दमय कोष स्थूलदेखि  सूक्ष्मसम्म पर्दछन् ।

यी सम्र्पूण तहको सन्तुलन गर्दै सबै तहबाट माथि उठ्दै चेतनाको उच्चतम अवस्थामा पुग्नु नै योगको लक्ष्य हो ।

भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिहरुको साधना भूमिका रुपमा रहेको नेपाल योगको उद्गमस्थल हो । हठयोगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रुपमा हेर्ने कुराले प्राचीन समय देखि नै नेपाल योग भूमि हो भन्ने पुष्टि हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ्ा हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो ।

वर्तमान समयमा बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको विगविगि बढेको छ । हामीले जीवनशैली परिर्वतन गर्ने क्रममा प्रमुख रुपमा यी कुराहरु नगर्ने भन्छौ जुन डरमा आधारित छ ।

जस्तो कि चुरोट पियो भने क्यान्सर हुन्छ, तनाव लियो, मद्यपान गर्‍यो भने उच्च रक्तचाप हुन्छ । यो डर देखाई जीवनशैलीमा नियन्त्रण गर्ने विधि हो । त्यसैले जीवनशैली परिवर्तनको यो आधार मान्छेहरुलाई थाहा हुदाहुदै पनि दीर्घकालीन र उपयोगी छैन । तर, योगमा आधारित जीवनशैली परिर्वतनबाट मानिसमा खुशी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन सहज र दीर्घकालीन हुन्छ ।

प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए । वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरुको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ ।

इन्टरनेशनल योग फेडेरेशनका अनुसार विश्वभरि ३० करोड मानिसहरुले योग अभ्यास गर्दछन् । योगको उपयोगिता धेरै छ ।

योग पर्यटन

प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा योग पर्यटनका प्रशस्त सम्भावनाहरु छन् । पर्वतीय क्षेत्रमा पर्यटकलाई कम अक्सिजनबाट उत्पन्न हुने विभिन्न नकारात्मक असरहरु न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै फलदायी हुन्छ । प्राकृतिक छटाले भरिपूर्ण, शान्त स्थलहरु नेपालमा प्रशस्त छन्, जहा योग का विभिन्न विधिहरु प्रयोग गरी नेपाललाई साधनाको गन्तव्यका रुपमा विकसित गर्न सकिन्छ । यसबाट देशको विकास गर्न निकै सहयोगी हुन्छ ।

योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग गर्दछ

योग खेलकुद

योगले खेल जगतमा चाहिने शारीरिक सुगठन, मानसिक एकाग्रता तथा सन्तुलन, शरीरमा लचकता प्रदान गर्दछ जसले गर्दा खेलमा सफलता मिल्नुका साथै खेलमा मैत्रता बढ्दछ । योगले खेलमा हुने चोटपटक पछिको उपचार र दीर्घकालीन असरलाई समेत कम गर्दछ ।

योग चिकित्सा

अधिकांश नसर्ने रोगका कारणहरुमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरु पर्दछन् । यी सबैलाई हटाई योगले सन्तुलित जीवन जीउन सिकाउनुका साथै रोगलाई निको पार्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग गर्दछ ।

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविश्यमा रोग हुनबाट बचाउँछ ।

योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर, अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरुलाई थाहा हुँदाहँुदै पनि अबलम्वन गर्न गाह्रो हुन्छ ।

उच्चतम जीवनकौ आधार

योगका विभिन्न अभ्यासहरु जस्तै आसन, क्रिया, सात्विक आहार,आसन, मुद्रा, प्राणायाम, ध्यान, स्वाध्याय, अनाश्रति कर्म आदिबाट मानव अस्तित्वका सबै कोषहरु सन्तुलित तथा अच्चतम विकसित हुन्छन् ।  योगबाट हामी लोभ, मोह, क्रोध तथा विकारहरुबाट मुक्त भई सधंैभरि आनन्दमा जीउदै ब्रम्हमा लीन हुन सक्छौं, जसबाट हामीले सामान्य प्राणीबाट ईश्वरत्व प्राप्त गर्न सक्छौं ।

योग पुर्नस्थापना

पुर्नस्थापना भन्नाले रोग, चोटपटक, मानसिक असन्तुलन आदिबाट पुन सामान्य अवस्थामा फर्काउनु अथवा सो हुन नसकेमा भइरहेको अवस्थामा अत्यधिक सहजता ल्याउनु भन्ने बुझिन्छ । योग पुर्नस्थापना विशेष गरी हृदयघात, मस्तिष्कघात, ठूला चोटपटकपछि हुने शारीरिक तथा मानसिक असक्षमता, मानसिक तनाव, क्यान्सर,  कुलतमा रहेका बिरामीहरुलाई पुन सामान्य अवस्थामा फर्काउनु अथवा उनीहरुका दैनिक गतिविधिहरु सहज गराउन उपयोगी हुन्छ । वैज्ञानिक अध्ययनहरुमा सामान्य पुर्नस्थापना भन्दा यौगिक पुर्नस्थापना बढी उपयोगी भएको पाइएको छ ।

शिक्षामा योग

योगले मानसिक चिन्ता हटाई स्मृति, ज्ञान हासिल गर्न सक्ने क्षमता बढाउँछ । चिकित्सा क्षेत्रका विद्यार्थीमा गरिएको अनुसन्धानले विद्यार्थर्र्ीमा परीक्षा अगाडिको तनाव कम गर्दै कार्यक्षमता समेत बढाउँछ ।

त्यसैले वर्तमान समयमा योगका माध्यमबाट स्वस्थ जीवन जीउँदै सम्पूर्ण मानव रहस्यको पहिचान गरी शान्ति, सहिष्णुता र एकताका लागि अगाडि बढ्नुपर्छ । यो नै अहिलेको आवश्यकता हो ।

(लेखक योग तथा पुनस्र्थापना विशेषज्ञ हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment