Comments Add Comment

स्पेनिस रक्षापंक्ति उत्कृष्ट हुनुका ५ कारण

Spanish-Defence

स्पेनिस राष्ट्रिय टोलीका स्टार स्ट्राइकरहरु यहाँ डेभिड भिया या अल्भारो मोराटा, डिएगो कोष्टा या राउल, एडुरिज या फर्नाण्डो टोरेस सँधै आफ्नो गोलका लागि प्रख्यात छन् । तर, स्पेनिस रक्षापंक्ति विश्वकै उत्कृष्ट मध्येको एक रहेको बारेभने कसैले कुरा गर्दैनन् । जारी युरोकपमा स्पेन पनि जर्मनी, इटाली र पोल्यण्डजस्तै टोली हो जसले अहिलेसम्म १ गोल पनि खाएका छैनन् ।

वास्तवमा साविक बिजेता स्पेनले सन् २०१२ को संस्करणको समूह चरणमा इटालीसँग १-१ गोलको बराबरी खेलेयता अहिलेसम्म युरोपियन च्याम्पियनसीपमा गोल खाएको छैन । स्पेनको रक्षापंक्तिको तागत भनेको उसले खेल्ने शैलीको पूरक हो । हामीले स्पेनको रक्षापंक्ति बलियो हुनुका केहि कारणहरु यहाँ प्रस्तुत गरेका छौं ।

१. सर्जियो रामोस र जेरार्ड पिके

यस्तो भनिन्थ्यो कि यी दुई कहिल्यै एकसाथ हुन सक्दैनन् । दुई पचर प्रतिद्धन्दी क्लब रियल मडि्रड र बार्सिलोनामा एकै जिम्मेबारीमा रहेका यी दुईले एउटै टोलीबाट सन्तुलित खेल खेल्न सक्छन् भन्नेमा पनि शंका थियो ।

सात बर्षदेखि स्पेनको सेन्टर डिफेण्डरको भूमिकामा रहेका सर्जियो रामोस र जेरार्ड पिकेको जोडी अहिले विपक्षीका लागि घातक बनेको छ । रोमाञ्चक कुरा के छ भने जेरार्ड पिकेको पहिलो अन्तर्राष्ट्रिय गोलका लागि रामोसले बल उपलब्ध गराएका थिए ।

२. अनुभवी डिफेण्डर

जारी युरोकपमा जुआफ्रान र जोर्डी अल्वापनि उत्कृष्ट लयमा छन् । एथ्लेटिको मडि्रड र बार्सिलोनाबाट उत्कृष्ट सिजन पूरा गरेपछि उनीहरुले यस युरोको पहिलो खेलहरुमा कम्तिमा उनीहरुको खेलस्तरमा गिरावट आएको छैन भनेर प्रमाणित गरेका छन् ।

जुआफ्रान्स यसअघिको संस्करणमा पनि टोलीमा थिए । तर, उनले त्यस प्रतियोगितामा धेरै खेल्न पाएनन् । मैदानमा मात्र होइन स्पेनको बेञ्चमा पनि उत्तिकै गुणस्तरका विश्वस्तरीय डिफेण्डर मौजुद छन् । हेक्टर बेल्लेरिन, सेजार आज्विलीकुएटा लगायतले पनि आवश्यक पर्दा आफुलाई प्रमाणित गराउन कुरेर बसेका छन् ।

३. रक्षापंक्तिमा अग्रपंक्तिको सपोर्ट

डिफेन्स मात्र डिफेन्डरको लागि मात्र होइन । प्रशिक्षक भिन्सेन्ट डेल बक्सको दिमाग अनुसार सबै खेलाडीहरुले संयुक्त कार्य गर्नुपर्छ । विंगरले रक्षापंक्तिलाई सपोर्ट गर्ने तरिका स्पेनका यसअघि भएका चेक रिपब्लिक र टर्कीका खेलमा नोलिटो र डेभिड सिल्भाले गरेको प्रदर्शनबाट प्रष्ट हुन्छ ।

स्पेनी टोलीमा सबै खेलाडी डिफेण्डर हुन् र सबै खेलाडी स्ट्राइकर हुन् । टर्कीबिरुद्धको खेलमा मूख्य स्ट्राइकर अल्भारो मोराटाले पनि डिफेन्समा रहेर खेलेको देखिएको थियो । स्पेनले टोलीका एघारै खेलाडीलाई रक्षात्मकताको तालिम दिएको छ ।

४. एयरबल बिशेषज्ञ

स्पेनिस मिडफिल्ड विश्वमै उत्कृष्ट छ । त्यसैले विपक्षीले विंङबाट बल अगाडि बनाउन प्रयासरत हुनेछ र लक्ष्य प्राप्त गर्नको लागि क्रस बल फाल्ने सम्भावना अधिक रहन्छ । तर, त्यस्तो आक्रमणको प्रतिरक्षा गर्क ६ फिट अग्ला पिके र ६ फिट ३ इन्च अग्ला रामोस कुरेर बसेका हुन्छन् । उनीहरुलाई एयरबलको बिशेषज्ञको रुपमा मानिएको छ । यसका अतिरिक्त अग्ला खेलाडीको आवश्यकता पर्दा ६ फिट २ इन्च अग्ला सर्जियो बुस्केट पनि त्यहाँ मौजुद हुनेछन् ।

५. र ,डेविड डी गाय

यी म्यान्चेस्टर युनाइटेडका गोलकिपरले महान गोलकिपर इकर कासियासको जिम्मेबारी संहालेका छन् जुन निक्कै चुनौतिपूर्ण कार्य हो । तर उनले आफ्नो क्षमता आवश्यकता भन्दा बढि देखाइसकेका छन् ।

टर्कीले त उनलाई धेरै चुनौति दिन पाएन तर पहिलो खेलमा चेक रिपब्लिकबिरुद्ध भने उनको प्रदशर्न अविश्वसनीय थियो । अन्तिममा गरेको गोलको सहयोगमा स्पेनले त्यस खेल जितेको थियो तर, गोल हुनुअघि उनले चेकका थुप्रै घातक प्रहारको बचाउ गरेका थिए । इंग्लिस पि्रमियर लिगकै उत्कृष्ट गोलकिपरको रुपमा हेरिएका उनले राष्ट्रिय टोलीबाट पनि ठूला प्रतियोगितामा आफुलाई प्रमाणित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment