Comments Add Comment

सलमानको टिप्पणीमाथि बुबाले माफी मागे

Salman-Salim-2

मुम्बई । पटकथा लेखक सलिम खानले आफ्ना छोरा सलमान खानले सुटिङको प्रसंगलाई बलात्कारसँग तुलना गरेकोमा माफी मागेका छन् ।

प्रदर्शोन्मुख फिल्म ‘सुल्तान’को प्रसंगमा कुराकानी गर्ने क्रममा सलमानले भनेका थिए ‘जब म सुटिङपछि रिंग बाहिर निक्लिन्थेँ, बलात्कृत युवतीले भोगेको जस्तो पीडा महसुस् गर्थें । म सिधा चल्न सक्दिन थेँ’ ।

सुटिङको अनुभव बलात्कारसँग गरेको भन्दै सामाजिक सञ्जालमा सलमानको निकै आलोचना भएको छ अहिले । सलमानका बुबा सलिम खानले ट्वीट गर्दै भनेका छन् ‘सलमानले जे भने त्यो गलत हो । जे संग तुलना गरे सुहाउदो विषय होईन । तर, उसको उद्देश्य गलत छैन ।’

यो मुद्धालाई धेरै नउचाल्न उनले आग्रह गर्दै भनेका छन् ‘गल्ती मान्छेवाटै हुन्छ’ साथै उनले परिवारको तर्फवाट फ्यानसंग माफी मागेको बताएका छन् ।

‘सुल्तान’ मा सलमान खानले एक पहलमानको भूमिका निर्वाह गरेका छन् । सोही सन्दर्भमा सलमानले भनेका थिए ‘छ घण्टाको सुटिङको क्रममा उठ्न बस्न परिरहन्थ्यो, जुन काम गर्न निकै गार्‍हो हुन्थ्यो । १२० किलोको मान्छेलाई १० पटक उठाउनु पथ्र्यो त्यो पनि १० अलग अलग एङ्गलमा ।

यहि सन्दर्भमा कुरा गर्दै सलमानले सुटिङको अनुभवलाई बलात्कार पीडित महिलासंग तुलना गरेका थिए । यस विषयमा सलमानको सामाजिक सञ्जालमा मात्रै आलोचना भएको छैन, राष्ट्रिय महिला आयोगले पनि सलमानलाई पत्र लेख्दै सात दिन भित्र जवाफ दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment