Comments Add Comment

राजश्वका हाकिमले भने- करको दायरा बढाउँदा व्यवसायीको हित

 IRD
८ असार, काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक निलहरी अधिकारीले करको दायरा बढाउनु व्यवसायिहरुको हितमा रहेको बताएका छन् ।

राष्ट्रिय व्यापार संघले बुधबार न्यूरोडमा आयोजना गरेको राजश्व र कर सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रममा महानिर्देशक अधिकारीले सबै व्यवसायी करको दायरामा आए सहि काम गर्ने व्यवसायीहरुले दुःख पाउनुपर्ने अवस्था नआउने बताए ।

स्वच्छ व्यवसाय गर्ने व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभागले अप्ठेरो नपार्ने स्पष्ट पार्दै अधिकाररीले भने- ‘बरु त्यस्ता व्यवसायीहरुलाई सहयोग गर्दै आएका छौं ।’

भन्सार विभागका निर्देशक सूर्य सेढाईंले व्यवसायीहरुले भोग्दै आएको आयत निर्यतको समस्याको विविधतालाई एकरुपता ल्याउन व्यावसायि कोड नम्बरको विकास गर्न लागेको जानकारी गराए ।

महानिर्देशक सेढाईंले विभागले ल्याउन लागेको कोड नम्बर प्रणाली प्रयोग गरी आफ्नो आयात निर्यातको तथ्याङ्कलाई व्यवस्थित बनाउन सहयोग गर्न सबै व्यवसायिहरुलाई आव्हान गरे ।

कार्यक्रममा संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले व्यवसायीहरुले भोग्दै आएका नीतिगत समस्या, त्यस्ामा सुधार गनुपर्ने कुराहरु र अन्तर सरकारी कार्यालयहरु विचको बेमेलमा एकरुपता ल्याउन सरकारी निकायले तदारुक्ता दखाउनुपर्ने बताए ।

कार्यक्रममा करदाता सेवा कार्यलय न्यूरोडका प्रमुख मुक्ति आचार्यले आ.व २०७३/०७४ मा राजश्व र कर सम्वन्धि भएका परिवर्तनका वारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय क्षेत्र नम्बर २ का प्रतिनिधि एंव विभिन्न क्षेत्रका व्यवसायिहरुको सहभागिता रहेको थियो ।

स्थानिय व्यवसायिहरुसँगै उपत्यकाका एक दर्जन भन्दा वढि व्यवसायिक संगठनहरुको सहभागितामा भएको कार्यक्रममा सहभागिहरुले सरकार र व्यवसायिक संगठनहरुले व्यवसायिहरुको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment