Comments Add Comment

‘ओबामाको घरका गाडी दिल्लीमै बसेर गन्न सक्नेछन् मोदीले !’

isro_pslv_c34
भूउपग्रह प्रक्षेपण गर्नुअघि अन्तरिक्ष यान । तस्वीर: इसरो

९ असार, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बुधबार एक साथ २० उपग्रह अन्तरीक्षमा पठायो । पीएसएलबी सी ३४ को माध्यमबाट भारतका ३ र अन्य विदेशी राष्ट्रका १७ गरी २० वटा उपग्रहहरु स्याटलाइटको कक्षमा पुर्‍याइएको छ । वैज्ञानिकहरुले यसलाई महत्वपूर्ण सफलता भएका छन् जुन काम एकदमै पेचिलो थियो ।

यति धेरै भूउपग्रहहरु भारतले अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । यस्तो काम यसअघि रुस र अमेरिकाले गरेका थिए ।

इसरोका प्रमुखले भनेका छन् रकेट कक्षमा पुगेपछि स्याटलाइटलाई जुन तरिकाले कक्षमा उतारिन्छ, त्यो काम एकदमै चुनौतिपूर्ण हो ।

यस प्रक्षेपणबाट भारतले कार्टोसेट-२ सीरीजको स्याटलाइटलाई अन्तरिक्षमा पठाएको छ । यसको मद्दतले आकाशबाट जमिनका तस्वीरहरु स्पष्टरुपमा खिच्न सकिन्छ ।

isro_chairman_kiran_kumar_rao_with_colleague_afp
इसरोका प्रमुख किरणकुमार राव आफ्ना सहकर्मीका साथ । तस्वीर: एएफपी

यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहने हो भने आफ्नो कार्यालयमा बसी-बसी अमेरिकी राष्ट्रपति बाराक ओबामाको घर बाहिर कतिवटा गाडीहरु रोकिएका छन्, त्यो गनेर भन्न सक्छन् ।

कुनै सैन्य वा असैन्य हवाइ अड्डामा कतिवटा हवाई जहाज रोकिएका छन् भन्ने कुराको पत्ता लगाउन पनि यो स्याटलाइटको मद्दतबाट सकिन्छ ।

यसले आउँदा दिनहरुमा भारतीय सीमा सुरक्षामा मद्दत पुग्ने छ ।

शहरी विकास र स्मार्ट सिटीको विकास योजनामा पनि यहि स्याटलाइटले सहयोग गर्नेछ । पर्यावरणमा हुनसक्ने नोक्सानमा निगरानी राखिराख्न पनि यो सहयोगी साबित हुनेछ ।

यो पूरै भारतमै तयार गरिएको स्याटलाइट हो ।

बुधबार जुन पीएसएलबी सी ३४ ले यी स्याटलाइटहरुलाई अन्तरिक्षमा पुर्‍याइयो त्यो दुई टन गह्रुंगा स्याटलाइट बोक्न सक्ने क्षमताको थियो ।

isro_pslv_31_launch_isro
श्रीहरिकोटाबाट प्रक्षेपणका लागि तयारी अवस्थामा राखिएका भूउपग्रहहरु । तस्वीर: इसरो

यस वर्ष भारतमा एक ठूलो रकेट जियो स्याटलाइटको प्रक्षेपण व्हीकल मार्क ३ ले गर्नेछ जसले चार टनसम्म गह्रुंगा स्याटलाइट अन्तरिक्षमा लैजानेछ ।

भारत यस्तो अन्तरिक्ष यान विकसित गर्ने काममा जुटेको छ की जुन अन्तरिक्षबाट फर्किएर श्रीहरिकोटामा आवस् र त्यसको पुनःप्रयोग गर्न सकियोस् । यो तयार पार्न अझै दस वर्ष लाग्न सक्छ । इसरोको अनुमान छ यसबाट खर्च पनि दस गुणा कम हुनेछ ।

अब त प्रशासनिक क्षेत्रमा पनि स्याटलाइटको प्रयोग भइरहेको छ । इसरोको तस्वीरबाट पत्ता लाग्नेछ कि कहाँ कति किलोमिटर सडक तयार भयो या कसैले सडक बनाउने काममा अवरोध त गरेको छैन ।

आगामी दिन भारतको जीपीएस सिस्टम ट्रान्सपोर्टेशनको क्षेत्रमा नयाँ जीबन हुनेछ ।

(वरिष्ठ विज्ञान पत्रकार पल्लव बागलासँग बीबीसी सम्वाददाता सन्दीप सोनीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment