+
+
Shares

कांग्रेसले तोक्यो संसदीय समितिका संयोजकहरु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १२:४६

Congress-Dal-ko-office

९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिहरुमा पार्टीको भूमिका प्रभावकारी बनाउन संयोजकहरु तोकेको छ ।

कांग्रेसको संसदीय दलको कार्यसमितिको बिहीबार विहान बसेको बैठकले संसदमा रहेका १२ वटा समितिमा पार्टीका तर्फबाट संयोजक तोकेको हो । खासगरी अर्थ समितिमा पार्टीका सांसद्हरुले सशक्तरुपमा आवाज उठाउन नसकेका कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन (बाफिया)लाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमाथिको प्रतिवेदन विवादित बन्न पुगेको निष्कर्षसहित कांग्रेसले सबै समितिहरुमा संयोजक तोकेको हो ।

समितिहरुमा विधेयकहरुमाथि तथा विभिन्न मन्त्रालयका कामकारवाही सम्बन्धमा हुने छलफलमा प्रभावकारीरुपमा आवाज उठाउनका लागि संसद्का १२ वटै समितिमा संयोजक तोकिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए ।

कांग्रेसले लेखा समितिमा भरतकुमार शाह, अर्थ समितिमा मोहन बराल, राज्यव्यवस्था समितिमा नविन्द्रराज जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, कृषि तथा जलस्रोत समितिमा सुधिर शिवाकोटी र विकास समितिमा जीवनबहादुर शाहीलाई संयोजक तोकेको छ ।

यस्तै उद्योण वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा जीवन परियार, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी, विधायन समितिमा तारिणीदत्त चटौत र वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मालाई संयाजक तोकिएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?