१० असार, काठमाडौं । सरकारी कार्यालयको ट्वाइलेट गन्हाउँदा सेवा लिनै नसकिएको भन्दै सेवाग्राहीबाट हेलो सरकारमा व्यापक उजूरी परेको छ । ट्वाइलेटको गन्धले सरकारी कार्यालय छिर्नै सकिएन भन्दै दैनिक हेलो सरकारमा उजुरी बढिरहेको छ ।
गत हप्ता वन मन्त्रालय अन्तर्गतको कार्यालयमा पुगेका एकजना सेवाग्राहीले हेलो सरकारमा दर्ता गराएको उजुरीमा, ‘कर्मचारीलाई त शौचालयको दुर्गन्धमा काम गर्ने बानी परिसक्यो होला । सेवाग्राहीलाई सहज र सफा वातावरणमा सेवा उपलब्ध गराइयोस्’ लेखेका छन् ।
वन मन्त्रालयअन्तर्गतको हेलो सरकारमा जेठ महिनामा परेका उजुरीमध्ये अधिकांश कार्यालय फोहोर भएको र दुर्घन्धले सेवा लिन जानै नसक्ने स्थिति सिर्जना भएकोबारे छ ।
हेलो सरकारको केन्द्रीय इकाइमा पनि सरकारी कार्यालय र अस्पतालका शौचालय दुर्गन्धित भएको भनी उजुरी बढ्न थालेको उपसचिव प्रद्युम्न उपाध्यायले अनलाइनखबरलाई बताए ।
उनले भने, सरकारी कार्यालयको समस्या अन्र्तगत शौचालय फोहोर भएकोबारे उजुरी बढेका छन् ।
कार्यालय सरसफाइका लागि सरकारले हरेक कार्यालयमा कार्यालय सहयोगीको व्यवस्था गरेको छ । तर पनि कार्यालयभित्र छिर्नै नसक्ने गरी दुर्गन्ध फैलिएको भन्दै उजुरी बढेको हो ।
हेलो सरकार इकाइ गठन भएपछि अहिलेसम्म कर्मचारीको कार्यशैलीप्रति आलोचना गर्दै करिब ४६ हजार उजूरी परेका छन् ।
हेर्नुस् उजुरी
प्रतिक्रिया 4