Comments Add Comment

हामी युरोका उत्कृष्ट १६ मध्येका एक हौं, सम्झँदा पनि आनन्द आउँछः बेल

Bale

वेल्स सुपरस्टार ग्यारेथ बेलले जारी युरोमा रसियालाई पराजित गर्नका लागि सन् १९५८ को खेलको भिडियो हेरेर उत्प्रेरित भएको खुलासा गरेका छन् ।

फ्रान्स युरो अन्तर्गत समूहको अन्तिम खेलमा वेल्सले रसियालाई ३-० ले हराएको थियो । त्यस खेलअघि टोलीले वेल्सको अहिलेसम्मकै उत्कृष्ट टोलीबारे बनेको डकुमेन्ट्री हरेको थियो ।

जोन चार्ल्स, क्लिफ जोन्स, इभोर अल्चर्च लगायतका स्टार खेलाडीले भरिएको वेल्स टोलीले आजभन्दा ५८ बर्षअघि १९५८ को समरमा विश्वकपको अन्तिम आठसम्मको अविस्मरणीय यात्रा तय गरेको थियो ।

त्यतिबेला विश्वकपको क्वाटरफाइनलमा वेल्स ब्राजिलसँग १-० ले हारेको थियो, जसमा पेलेले गोल गरेका थिए । त्यसयता वेल्स पहिलो पटक ठूला प्रतियोगिताको अन्तिम चरण खेल्दैछ र पि्रक्वार्टरफाइनल चरणको यात्रा तय गरिसकेको छ ।

क्रिश कोलेम्यानको टोली वेल्सले कम्तिमा युरोकपमा पनि १९५८ को जस्तै उपलब्धि हासिल गर्ने अभियानमा छ ।
उसका लागि ग्यारेथ बेलले टोलीलाई प्रेरणा दिन सक्छन् । ‘हामीले त्यतिबेलाको खेल हेर्‍यौं । त्यो एकदमै रोकाञ्चक थियो, वेल्स सुपरस्टार ग्यारेथ बेलले भने, ‘तपाईंले देख्नुभयो कि त्यतिबेला के भएको थियो र त्यस्तै नदोहोरियोस भनेर सबैले चाहन्छन् ।’

‘जव तपाईंले त्यो हेर्नुहुन्छ, तपाईं सफल हुन चाहनुहुन्छ र मुलुकको फुटबल बिकासका लागि योगदान गर्न चाहनुहुन्छ’ वेलले अघि भने, ‘अहिले त्यो जिम्मेबारी हाम्रो काँधमा छ । हाम्रो लागि मात्र होइन र पुरस्कार थाप्नको लागि मात्र पनि होइन । आफ्नो मुलुकलाई राम्रो अवसर दिनका लागि हामीले हाम्रो जिम्मेबारी राम्रोसँग बहन गर्नुपर्नेछ ।’

वेल्सका वालवालिकालाई हामी पनि फुटबल खेल्न सक्छौं भन्ने विवास दिलाउनका लागि आफहरुले राम्रो खेल्नुपर्ने उनको भनाइ छ ।

‘हामी वेल्सको खेलाडी हुनुमा निक्कै खुसी छौं र राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाएकोमा म लगायत सबै खेलाडीले गर्वको महशुस गरेका छन्’ वेलले भने, ‘हाम्रो लागि यो निक्कै ठूलो जिम्मेवारी हो र गर्वका साथ हामी भन्न सक्छौं त्यो जिम्मेबारी हामी पूरा गर्नेछौं ।’

पुरानो स्वर्ण पुस्ताको खेल हेरेपछि वेल्सले रसियालाई ३-० ले हराएको थियो । त्यो नतिजा यति महत्पूर्ण सावित भयो कि वेल्स समूह बी को शीर्ष स्थानमा रहृयो । जहाँ इंग्ल्याण्डले स्लोभाकियासँग समूहको अन्तिम खेलमा बराबरी खेलेको थियो । समूको शीर्ष स्थानमा रहनुले वेल्सलाई आगामी चरणमा तुलनात्मक रुपमा सहज देखिएको छ ।

युरोकपको नकआउट चरण भोलिदेखि सुरु हुँदैछ । नकआउट चरणमा वेल्सले पेरिसस्थित पार्क डेस पि्रन्सेस रंगशालामा नर्दन आयरल्याण्डको सामना गर्दैछ ।

२६ बर्षीय बेल मान्छन् कि टोलीका सबै खेलाडीहरु अहिलेसम्म नजिकका साथी भइसकेका छन् र अगाडिका चरणहरुका प्रदर्शनमा यसको सकारात्मक प्रभाव देखिनेछ । रियल मडि्रडका सुपरस्टारले करिअरमा थुप्रै उपलब्धि हासिल गरेका छन् तर, उनी वेल्सको टोलीबाट खेल्दा सबैभन्दा खुसी छन्, जहाँ उनका निक्कै नजिकका साथीहरु छन् ।

विश्व फुटबलकै अहिलेसम्मका महंगा खेलाडी ग्यारेथ बेलले भनेका छन्, ‘मेरो देशका लागि ठूला प्रतियोगितामा सहभागिता जनाउन पाउनु सबैभन्दा ठूलो उपलब्धि हो र यस्तो अन्त पाइँदैन ।’ उनले थपे, ‘समूहको बिजेता बन्न पाउनु एउटा अविश्वसनीय उपलब्धि हो, यो कसैले पनि सोचेका थिएनन् तर, अविश्वसनीय रुपमा यही भयो ।’

‘दुईबर्ष अगाडिसम्म हामीले राम्रो गर्न सकिरहेका थिएनौं, टोलीमा सबै युवा खेलाडी थिए र उनीहरु सँगै खेलिरहेका थिए । तर हामीले आफुलाई निक्कै सुधार गर्‍यौं’ बेलले भने, ‘खराव स्थानबाट सुधार गर्दै ठूलो यात्रा तय गरेर हामी यहाँसम्म आएका छौं । हामी कुनैबेला विश्व वरियातामा ११२औं स्थानमा थियौं तर, अहिले हामी युरोका उत्कृष्ट १६ मध्येका एक हौं । अहिले सम्झँदा आनन्द आइरहेको छ । सायद यस्तो आनन्द अन्य सफलतामा आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment